होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • धर्म-संस्कार
  • शार्की जातको इतिहाँस-गोरख शार्की
धर्म-संस्कार

शार्की जातको इतिहाँस-गोरख शार्की

  • नागरिक रैबार
शार्की जातको इतिहाँस-गोरख शार्की
आधुनिक युगमा दलितभित्र पर्ने जात प्राचीनतम कालमा शुद्र भित्र पर्ने एउटा जात हाे । यो जात खसहरु बाटै विभाजित भएर बनेको समूह हो । जसको इतिहास तीन तरिकाबाट भएको पाइन्छ । एउटा हो , युरोप बाट पूर्वतिर हिदै जाँदा आज भन्दा ५००० वर्ष पहिले इरानको सिन्धु घाँटी हुँदै भारत वर्षाबाट नेपालको पश्चिमी भेग जहाँ हुम्ला जुम्ला बाजुरा वा कणाली छ आर्य खस को रुपमा लामो समय व्यतित गरेको पाइन्छ ।
पछि गएर त्यही आर्य खसबाट एउटा समूह जो जुम्लाको संरक भन्ने ठाउँबाट नेपालको पूर्वतिर लाग्ने क्रममा संरक – संरक भन्दा भन्दै संरक अपभ्रंश हुदै पछि सारर्क र सार्की जातमा परिणत हुनपुग्यो भने यिनीहरुले छालाकाे पैसा बनाएकाे पाइन्छ । अर्को किम्वदन्ति अनुसार :- शाहवंशीय शासनकालमा यिनीहरुले शासनसत्तामा हुदाहुदै यिनीहरूबाट केहि तुच्छ राज्यलाई नसुहाउने गतिविधि र व्यावहार गरेको कारणले पछि यिनिहरुलाई शाहबाट सार्की जातमा तल झारेर बनाईकाे पाइन्छ । भने अर्को :- राजा जयस्थिति मल्लले सन् १३६० देखि १३९५ सम्म पटकपटक राज्य सञ्चालन गरेको झन्डै आठ सय वर्ष पुरानो इतिहास छ । त्यसै क्रममा राजा जयस्थिति मल्ल राजगद्दीमा सवार हुने बेलामा उनलाई लगाउने जुत्ता आवश्यक पर्‌यो ।
त्यो कसले बनाउन सक्छ भने बहस सुरु भयो । एकज ले भनेछ-महाराज त्यो काम मैले गर्न सक्छु । राजा खुसी भई हुकुम भयो- गरेर ल्याऊ । त्यो व्यक्ति खुसी भएर केही दिनको मेहनत लगाएर जुत्ता बनाएर ल्यायो । उसले राजालाई देखाउँदै भन्यो- महाराज, मैले हजुरको मर्जी र आदेशअनुसार जुत्ता बनाएर ल्याएँ । अनि राजाले हेरर लगाए, एकदम ठीक भयो । स्याबासी पनि पायो । तर दुर्भाग्य, राजा राजगद्दीमा आसीन भएको बेला त्यहाँ नजिकै जुत्ता राख्ने ठाउँ थियो । दरबारमा पालेको एउटा कुकुरले त्यो जुत्ता च्यातिदियो । कारण थियो, जुत्ता छालाको, कुकुरलाई छाला मन पर्ने, त्यो कुरा दरबारका भारदारहरूले राजालाई सुनाए ।
त्यसपछि राजाले जुत्ता बनाउनेलाई बोलाएर हप्काउँदै भने-तैंले के यस्तो जुत्ता बनाएको ? यो त कुकुरभन्दा पनि घटिया बनाइस् ? त्यसपछि राजाले उनलाई कहिल्यै पनि भेट्न चाहेनन् । एक दिन राजसमारोहमा त्यो जुत्ता बनाउनेलाई देखेपछि हुकुम दिए- यसलाई यहाँ आउन नदेऊ, टाढा राख । पछि गएर त्यसले एक जातको रूप लियो । जो पछि गएर सार्की जात भनेर चिनिन पुग्यो । यसरी सार्की जात रहन गएको इतिहास पाइन्छ ।सार्की नेपाल भारत र भुटानमा मध्यस्थरिय तरिकाले जीवन यापन गरिराख्या एउटा जाति हो जसलाई मिजार,चमत्कार र भुल जातिकाे उपनामले पनि चिनिन्छ।
लामो समय राज्यबाट दबिएर बाँचेको जाति – जसले पढ्न नपाउने , जग्गा जमिन राख्न नपाउने र माथिल्लो जातिको सेवा गरेर बिताउनुपर्ने जातिको रुपमा रहेको यो जाति विसं १९१० को जंगबहादुरको मुलुकी एनमा आएर झन पीडामा परेको पाइन्छ । याे जातीभले छोएको माथिल्लो जातकाले खाना नहुने , छाेई हालेमा पानिकाे छोइछिटो हाल्नु पर्ने र माथिल्लाे जातकाे सेवा गर्नुपर्ने बाध्यकारी नियम बनाइएको थियो ।
अछुतकाे सवैभन्दा माथिल्लो जात – विशिष्ट जातिहरूको सूचीमा कोड नम्बर ०१ मा राखेको भएतापनि शिक्षा र अार्थिक हिसाबमा पहाडे दलित भन्दा केही पछाडि छ भने भुमिहिनतामा सबैभन्दा अगाडि छ । सार्की जाति – नेपालको कुल जनसङ्ख्याको ४.४२% रहेकाे छ जुन झण्डै ४ लाख जति जनसङ्ख्या हुन अाउछ । नेपाल ,भारत र भुटान गरी झन्डै ५ लाख छन् ।
सार्की जातिकाे सबैभन्दा ठूलाे बस्ती गाेरखा ,हुम्ला बाजुरा बाग्लुङ , धादिङ हो जहाँ १०,००० भन्दा धेरै आवदि रहेको छ भने सबैभन्दा कम जनसंख्या रसुवामा छ । शिक्षामा यो जात – कुल साक्षरता प्रतिशत ६५ प्रतिशत रहेको छ भने औसत आयु ६० वर्ष रहेको छ यो जाति भूमिहीन ४ देखि ७ % मात्र रहेका छन् । धर्म – सार्की जाति सामान्यतय हिन्दु धर्मबाट प्रभावित जाति हो र यिनीहरूको प्राचीनतम पुरानो धर्म हिन्दु हो ।
तर, समयको परिवर्तनसँगै र शिक्षाको विस्तार अनि गरिबीको कारणले छुवाछूतबाट मुक्त हुने आशाले कोहीकोही क्रिश्चियन धर्म मान्ने गरेकाे पाइन्छ। सम्पूर्ण हिन्दु धर्मले मान्ने चाडपर्व नै यिनीहरूको आफ्नो चाडपर्व हो भने कुल देउता धवल्पुरा आफ्नो जातीय वा थर र वंशको हिसाबले पुज्ने र मान्य गर्दछन्। भाषा- खस आर्यले बोल्ने नेपाली भाषा नै उनीहरूको आफ्नो मातृभाषा हो।
भेषभुषा -खसआर्यबाट छुटेर जात अलग भए पनि उनीहरूको भेषभुषा अलग छैन। यिनीहरूको आफ्नो पोशाक भने कै आर्य समुदायकाे कमीज सुरुवाल र चोलो फरिया हो भने अहिले पश्चिमी संस्कृतिको प्रभावले पनि विभिन्न पाेसाकको सुरुवात गरेको पाइन्छ। यो जातिको मुख्य पेसा छालाबाट निर्माण हुने सामग्रीको निर्माण गर्नु हो ।जस्तै :-जुत्ता -चप्पल, बेल्ट, झोला, मादल,छालाकाे थैलि, गहुँ पिटन्ने ज्ञाबरी ड्याङ्रग्राे, मुढा आदि तर अहिले आएर यिनीहरूको पेसामा परिवर्तन आएकाे छ ।  काेही सरकारी जागिर,काेहि कृषि र कुल वैदेशिक रोजगारमा पनि समावेश भएको पाइन्छ सार्कीजात भित्र रहेका बिभिन्नथरहरु यसप्रकार छन।
१) अच्छामी ( अछामी ) २)आचार्य ३ ) अधिकारी ४) उप्रेती ५) उपरकाेटी ६) कमार ७) कालाे ( काला )८)कुल्चियार ९) काेईराला १०) काेल्हाल ११) खड्की १२ खतिवडा १३) खरिबाेटे १४) खिंलुङे १५) गिरि १६) गैरे १७) गैरीपिपल १८) गाैतम ( गाेतामे ) १९) गाेथे २०)घिमिरे २१) घिताङग् २२) चमार २३) चन्द २४) चर्मकार २५) चुडाल २६) चुहान २७) छन्तेल। २८) छतकुली २९) छर्माकी ३०) छिनाल ३१) टाेटलाङगी ३२) ठगुन्ना ३३) ठडाेर ३४) डाले ३५) ताेलाङ्गी ३६) ताेलागीसुयल ३७) ताेसाली ३८) थपलिया ३९) थाक ४०) थापा ४१) दराई ( ढराई ) ४२) दाहाल ४३) दावे ४४) दुलाल ४५) देउला ४६);देउलापाती ४७) घमेल ४८) धुरम्रगाती ४९) धाैलाकाेटी ५०) नघाली ५१) नगरकाेटी ५२) नेपाल ५३) नेपाली ५४) न्याैपाने ५५) परली ५६) पहाडी ५७) परली ५७) पिपलबाेटे ५८) पूर्काेटी ( पुरकाेटी , परकाेटी ) ५९) पुलामी ६०) पाेखरेल ६१) पाैडेल ६२)वनजाडे ६३) वमरेल (वग्रेल,वङरेल ) ६४) बसेल ( बत्याल – बत्स्याल ) ६५) वयलकाेटी ( वैलकाेटी,वलकाेटी) ६६) वस्ताक

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै