होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • धुम्रपान गर्नेहरु कोरोनाको बढी जोखिममा ?
सूचना-प्रविधि

धुम्रपान गर्नेहरु कोरोनाको बढी जोखिममा ?

  • नागरिक रैबार
धुम्रपान गर्नेहरु कोरोनाको बढी जोखिममा ?

विश्वभरीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ ।

नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउनको घोषणा गरिएको छ । यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने स्थानमा नजानका लागि समेत आग्रह गरिँदैछ ।

कोरोना भाइरसको बारेमा मानिसहरु सावधान त छन् । तर, त्यसको खतरा बढी रहेको त छैन भन्ने कुरामा सशंकित पनि छन् ।

विज्ञापन

विभिन्न अध्ययनहरुले के कुरा प्रमाणित भइसकेको छ भने प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई कोरोना संक्रमणको खतरा बढी छ ।

युराेपियन सेन्टर फर डिजिज कन्ट्राेल एण्ड प्रिभेन्सनका अनुसार धुम्रपान गर्नेहरुलाई पनि कोरोना संक्रमणको सम्भावना अत्यधिक हुन्छ । अन्य केही रिपोर्टहरुमा समेत यही कुरालाई प्राथमिकताका साथ चित्रण गरिएको छ । आउनुहोस्, यसबारेमा चर्चा गरौं ।

धुम्रपान गर्ने व्यक्तिको फोक्सोमा नराम्रो प्रभाव पर्छ । कोरोना भाइरसका बारेमा विशेषज्ञहरुको भनाइ के छ भने यो भाइरस  हाम्रो फोक्सोसम्म नै पुग्छ र सास फेर्न गाह्रो हुने जस्तो समस्या पैदा हुन्छ ।

फोक्सोमा पुगेर यसले रक्तसञ्चारलाई नै प्रभावित गरिदिन्छ र हाम्रो अन्य अंगहरुसम्म पुग्नबाट रोकिदिन्छ । त्यो बेला फोक्सो कमजोर हुनु पनि कोरोना संक्रमणको स्थितिमा खतरनाक हुनसक्छ ।

कोरोना भाइरसले सिधै फोक्सोमा आक्रमण गर्नुको अर्थ के हो भने, यदि तपाईंको फोक्सो पहिलादेखि नै मजबुत छैन भने त्यसले भाइसरको सामना कसरी गर्नसक्छ ?

युरोपियन युनियन हेल्थ एजेन्सीको रिपोर्टका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुको शरीर अतिसंवेदनशील बन्न पुग्छ र गम्भीर बिरामीहरुसँग लड्न असमर्थ हुन्छ ।

धुम्रपान गर्ने व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण चाँडै नै हुन्छ र निको हुने सम्भावना स्वस्थ व्यक्तिहरुको तुलनामा कमै हुन्छ । युरोपियन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सका अनुसार धुम्रपान गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको सम्भावना अत्यधिक हुन्छ ।

एजेन्सीको रिपोर्टका अनुसार चीनमा ८० प्रतिशत मानिसहरु, जो यो बिरामीको चपेटामा थिए, उनीहरुमा भाइरसको निकै कम लक्षण देखिएको थियो ।

जबकि, युरोपमा यो आँकडा ७० प्रतिशत भएपनि १० मध्ये तीन बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपर्ने आवश्यकता थियो ।

७० वर्षभन्दा बढी उमेर भएका बिरामीहरुमा हाइपरटेन्सन, मधुमेह, कार्डियोभस्कुलरको समस्या थियो । उनीहरु कोरोनाले सबैभन्दा पीडित थिए र तीनमा पनि पुरुषहरुको संख्या बढी थियो ।

यूनिभर्सिटी अफ साउथ कोरोलीको अर्को एउटा अध्ययनमा के भनिएको छ भने भने धुम्रपान गर्नेले फोक्सोमा इन्जाइमको क्रियाशिलता बढ्छ ।

त्यसो हुँदा कोभिड–१९ का बिरामीहरुको संख्या बढ्छ । यो रोग बढी उमेर तथा हाइपरटेन्सन जस्ता केही अन्य कारणहरुको उपचारले पनि बढ्छ ।

विशेषज्ञहरुका अनुसार यी दुबै निकै खतरनाक तथ्यहरु हुन् । धुम्रपान गर्ने अधिकांश व्यक्तिहरुमा यो महामारीको लक्षणको रुपमा सास लिनमा गाह्रो हुने जस्ता समस्याहरु देखिन्छ ।

चीनका चिकित्सकहरुले परीक्षणका लागि कोरोना भाइरसका ९९ जना बिरामीहरुको नमूना संकलन गरेका थिए । जसमा के पाइयो भने बृद्ध–बृद्धाहरुको तुलनामा धुम्रपान गर्ने व्यक्तिहरुको मृत्युको संख्या बढी थियो ।

बीबीसीको एउटा रिपोर्ट अनुसार, जुन व्यक्ति अत्यधिक मात्रामा धुम्रपान गर्छन् । उनीहरुले कोरोना भाइरसको खतरालाई कम गर्नका लागि धुम्रपान गर्न छाडिदिनु नै उचित हुन्छ ।

पब्लिक हेल्थ च्यारिटीका प्रमुख कार्यकारी देबोराह आर्नटको भनाईमा स्वस्थ व्यक्तिहरुको तुलनामा धुम्रपान गर्नेहरुलाई निमोनिया हुने खतरा पनि दुई गुणा बढी हुन्छ ।

कोरोना भाइरस पीडितको उपचार के कुरामा आधारित हुन्छ भने बिरामीको शरीरले सास लिनमा सहयोग गरोस् तथा शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउन सकियोस् । ताकि व्यक्तिको शरीर आफैं भाइरससँग लड्न सक्षम होस् । त्यसैले विशेषज्ञहरु धुम्रपान परित्याग गर्न सल्लाह दिइरहन्छन् ।

एजेन्सीहरुको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
अन्तर्राष्ट्रिय
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि