होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • करिश्मा लेख्छिन्–‘सबैबाट मान्यताप्राप्त सिमानासहितको नक्सा चाहियो’
देश/प्रदेश

करिश्मा लेख्छिन्–‘सबैबाट मान्यताप्राप्त सिमानासहितको नक्सा चाहियो’

  • नागरिक रैबार
करिश्मा लेख्छिन्–‘सबैबाट मान्यताप्राप्त सिमानासहितको नक्सा चाहियो’

नेपाल सरकारले लिपुलेकलाई समेत समेटर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मत व्यक्त गरिरहेका छन् । अधिकांश कलाकारले सरकारको यो निर्णयको स्वागत गरेका छन् । कतिपयले भने अब भूमि पनि फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् ।

नायिका करिश्मा मानन्धरले भने यो विषयमा केही फरक विचार व्यक्त गरेकी छिन् । करिश्मा लेख्छिन्–‘हामी संसारलाई ग्लोबल भिलेज भनिरहेका छौं, भाइचाराको कुरा गर्छौँ । तर, छिमेकी जस्को थिचोमिचोमा हामी दशकौंदेखि परिरहेका छौं, ती छिमेकीसँग सिमानाबारे स्पष्ट कुरा नगरी कसरी मुलुकको नक्सा सार्वजनिक गर्छौं ? के यो सोझो जनतालाई बच्चालाई पापा देखाएको जस्तो झुक्याएको हो ?’

करिश्माले के फेरि अर्को पुस्ताले यो नक्सा देखाउँदै छिमेकीसँगको विवाद गरेरै जीवन गुजार्ने भन्दै प्रश्न पनि गरेकी छिन् । उनले, सबैबाट मान्यताप्राप्त सिमाना सहितको नक्सा नेपालीलाई चाहिएको पनि उल्लेख गरेकी छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार