होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : त्रिनगर सीमा क्षेत्रबाट नागरिकको उद्दारमा खटिएका सवारी चालकहरुको धनगढीमा परिक्षण सुरु भएको छ। धनगढी बसपार्कमा एक सय २० जनाको ¥यापिड टेस्ट गर्दा ११ जनामा एन्टिबडी देखिएको छ। उनीहरुको थ्रोट स्वाबको नमुना संकलन गरिएको छ। पीसीआर परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको छ। धनगढी उप–महानगरपालिकाका सिनियर अहेव लक्ष्मीराज उपाध्यायका अनुसार आज एक सय २० जनाको […]
धनगढी : सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सोमवार ६८ जनाकोमा कोरोना पुष्टि भएकोमा २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण पुष्टि भएको अस्पताल स्रोतले दिनेश खवरलाई जानकारी दिएको छ। ‘संक्रमित स्टाफ नर्स कोरोना अस्पतालमै कार्यरत थिईन्,’ समाचार स्रोतले […]
धनगढी : सुदूरपश्चिममा सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टामा थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो । ६८ जना संक्रमितमध्ये तीन जना महिला र ६५ जना पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बैतडीमा […]
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षका लागि कूल विनियोजनमध्ये चालूतर्फ १४ अर्ब १८ करोड ७८ लाख ६० हजार र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार रहेको जानकारी दिए। […]
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया […]
१ असार, काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरूलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पाइएको छ। घटनाको छानबिन गर्न गृह मन्त्रालयका सह-सचिव जितेन्द्र […]
काठमाण्डाै – कोरोनाको जोखिम र लकडाउनका कारण तीन महिनादेखि विद्यार्थी स्कुल जान पाएका छैनन् । लामो समय स्कुल जान नपाउँदा बालबालिकाहरुले पहिला पढेको बिर्सन सक्ने र पढाइप्रतिको रुचि घट्दै जाने हुन्छ । कतिपय स्कुलहरुले अनलाइन कक्षामार्फत् पढाउन थालेका छन् । तर धेरै बालबालिका इन्टरनेटको पहुँचमा नभएका कारण अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । कोरोना […]
धनगढी : सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सिँचाइका योजनाका लागि १ अर्ब बढी बजेट विनियोजन गरको छ। सोमबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षमा ९ वटै जिल्लाका लागि १ अर्ब ४१ करोड सिँचाइ योजनामा खर्चिने जानकारी दिएका छन्।
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ । […]
धनगढी : सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६८ जनामा कोरोना पुष्टि भएको हो। २४ घण्टामा थपिएको यो सङख्या हालसम्मकै उच्च हो। तीन जना महिला र ६५ जना पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनका अनुसार बैतडी २१, डोटीका २०, कैलालीका […]
१ असार, सुर्खेत । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार ११० जना संक्रमित थपिएसँग कर्णाालीमा संक्रमित संख्या एक हजार ७७ पुगेको हो । सोमबार एकै दिन दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् […]
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा सामान्य रकम घटाएर आगामी आव २०७७/७८ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । आगामी आवका लागि प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँको बजेट आएको […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइसम्बन्धी अभियानको सुरुवातको अवसरमा शुभकामना सन्देश दिँदै सबैलाई यसमा सहभागी हुन आग्रह गरेका छन् । उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न गराउन आह्वान गरेका छन् । अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गरेर सिकाइ क्रियाकलापमा सहभागी हुन […]
धनगढी : आइतवार नौँ जना संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या दुई सय ६४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ८० जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १९, डोटीका १७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २६ जना […]
काठमाडौं ३२ जेठ । रुकुमको चौजहारी घटनामा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । र, सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानबाट भेटिएको छ । स्थानीयसँग […]
नागरिक रैबार/बाजुरा ३२ जेठ। बाजुराका कोरोना संक्रमितलाई १४ दिनका लागि खाद्यन्न सहयोग गरिएको छ । बुढिनन्दा नगरपालिकाको धुरालसैन क्वारेनटाइनमा रहेका १७ जनालाई १४ दिनको खानाको ब्यबस्थापन नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान(Nepal Healthcare Equipment Development Foundation (NHEDF) एन्ड्रिया ड्रेवरकोे (Andrea drewer) सहयोग र बडिमालिका खबरको समन्वयमा सहयोग गरेको बुढिगंगा नगरपालिका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका […]
काठमाडौं : वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक र मलेसियामा महिनौंदेखि रोजगारी गुमाएर खान र बस्नसमेत धौ धौ परेका कामदारलाई सरकारले जबर्जस्ती महँगो शुल्क तिर्न वाध्य बनाएपछि […]
काठमाडौं : भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। यससँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। प्रतिनिधिसभामा उपस्थित सबै सांसदले […]
धनगढीः सुदूरपश्चिममा भारत तथा कोरोना प्रभावित क्षेत्रबाट फर्किएर अनिवार्य क्वारेन्टिनमा बसेका दुई हजार दुई सय बढिलाई घर फर्काइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार प्रदेशका विभिन्न जिल्लामा क्वारेन्टिनमा बसेका दुई हजार दुई सय ७८ जना घर फर्किएका हुन्। यसअघि शुक्रबार सम्म प्रदेशभरीका एक हजार नौँ सय १८ क्वारेन्टिनमा ६१ हजार सात सय १० जना राखिएकोमा […]