होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • कोभिड-१९ को महामारीमा नेकपा निकट युवा र विद्यार्थीको साथ यस्तो रह्यो (हेर्नुहोस)
अर्थ

कोभिड-१९ को महामारीमा नेकपा निकट युवा र विद्यार्थीको साथ यस्तो रह्यो (हेर्नुहोस)

  • नागरिक रैबार
कोभिड-१९ को महामारीमा नेकपा निकट युवा र विद्यार्थीको साथ यस्तो रह्यो (हेर्नुहोस)

नागरिक रैबार/बाजुरा २ असार। यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ ।

कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका सर्वसाधारणहरु जन्मभुमि तिर फर्किने क्रम पनि बढी रहेको छ ।कोरोनाको त्रासकै कारण जिल्ला बाहिरबाट आउने सर्वसाधारणहरको सेवाका लागि नेकपा निकट युवा र विद्यार्थीहरुले एक सामाजिक अभियाननै चलाएर सर्वसाधारणहरुको सेवा गरिरहेका छन् ।

जेठ महिनाको अन्तिम साताबाट नेकपा निकट युवा र विद्यार्थीहरले सूर गरेको महामारिका बेला जनतालाई राहत वितरण गरेका छन् । जिल्ला बाहिबाट पाँच हजार बढीको संख्यामा सर्वसाधारणहरु जिल्ला भित्रिएका छन् । जिल्ला बाहिरबाट बाजुरा भित्रिएकाहरुले यात्राको क्रममा भोगेको समस्यालाई मध्येनजर गरेर जेठ २५ गतेबाट अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले कोरोना भाईरस कोभिड-१९ को महामारीमा जनताको सेवामा स्वंमसेवक परिचालन अभियान चलाएका थिए ।

विज्ञापन

अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले चलाएको अभियान अन्तरगत कोभिड १९ को महामारीका बेला समस्यामा परेका उपचार सेवा नपाएका र यात्रा अवधिभर तिनचार दिन सम्म पनि पानी समेत नखाई भोकभोकै दिनरात नभनेर बाजुरा आईपुगेका हरुलाई स्ंवयसेवी भावनाका साथ सेवा गरेका थिए ।

अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले जेठ २५ गतेबाट संचालन गरेको अभियानमा हालसम्म बाहिरबाट जिल्ला भित्रिएका ३ सय ७० जनालाई स्वास्थ्य उपचार, परामर्ष र औषधि वितरण गरेको छ भने ७ सय ९१ जनालाई तयारी खाजा र पानीको व्यवस्थापन गरेको छ । युवा र विद्याथीहरुले चलाएको सो अभियानमा विभिन्न नेता, विद्यार्थी, जनप्रतिनिधि, युवा र व्यवसायीहरुले औषधी, तयारी खाजा, पानी, विष्कुट खरिदका लागि ६० हजार ६ सय रुपैया सहयोग गरेको अनेरास्ववीयु बाजुरा संयोजक राजीव रोकायाले सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

नेकपा निकट विद्यार्थी र युवाले चलाएको यो अभियान कोरोना भाईरस नियन्त्रण र रोकथाम नहुँदासम्म जस्तो सुकै परिस्थितिमा पनि जनताको सेवा गर्ने  राष्ट्रिय युवा संघ नेपालका बाजुरा संयोजक सन्तोष विकले बताएका छन् । उनले भने यो अभियान निरन्तर रहने भएकोले जिल्ला स्थित सवैको साथ आवश्यक रहेकाे छ ।

अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले यो अभियानमा साथ दिन आर्थिक, भौतिक र स्वंयम सेवी रुपमा सहयोग गर्ने, साहस थप्ने र हौसला प्रदान गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जनप्रतिनिधि, निर्माण व्यवसायी, व्यापारी, स्ंवयम सेवी सेवामा संलग्न युवा विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, सवारी चालक, सुरक्षाकर्मी, सवैलाई धन्यवाद दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार