होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।बैठक मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए। सामान्यतयाः मन्त्रिपरिषद बैठक सोमबार बस्छ । तर आज प्रधानमन्त्रीले आकस्मिक रुपमा बोलाएका छन् । ती मन्त्रीले भने, ‘आइतबार बैठक बोलाउनुपर्ने त्यस्तो विशेषत केही थिएन। त्यसमा पनि राति नै खबर आएको छ । प्रधानमन्त्रीले केही […]
धनगढी : सुदूरपश्चिमका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका–३ बर्दादेविका ३४ वर्षीय पुरुषको शनिबार मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिर्पोट पोजिटिभ आएको थियो। उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेशनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आज जिल्ला अस्पताल लगिएको थियो। योसंगै सुदूरपश्चिम […]
धनगढीः बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय माग्दै प्रर्दशन गरिएको छ।बलात्कारपछि हत्या गरिएकी जिल्लाको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको न्यायको माग गर्दै शनिबार चैनपुर बजारमा -याली सहित प्रर्दशन गरिएको हो। विभिन्न प्ले कार्ड सहित चैनपुर बजार परिक्रमा गरेका प्रर्दशनकारीहरुले लोकतान्त्रिक चोकमा कोण सभा गरेका थिए। सभामा बोलेका अधिकांशले सम्झनाको बलात्कारपछि […]
धनगढीः कैलालीमा कार्यरत थप पाँच जना प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।शनिबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक मुकेशकुमार सिहले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सहित पाँच जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार ट्राफिक प्रहरी कार्यालयमा […]
१० असोज, बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् । नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ […]
अखिल नेपाल महिला सङ्घ (अनेसङ्घ)ले बझाङकी बालिका सम्झना कामीको हत्या गर्ने दोषी पत्ता लगाई कारवाही गर्न माग गरेको छ। अनेमसङ्घका संयोजक अमृता थापा र सहसंयोजक सीता पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषी पत्ता लगाएर कानूनी दायरामा ल्याउन माग गरेका हुने। उनीहरुले बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्न माग गरेका छन्। […]
काठमाडौँ– विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड २७ लाख ५१ हजार ५१ पुगेको छ । बितेको २४ घण्टामा ३ लाख १७ हजार ६४० संक्रमित थपिएका छन् ।शनिबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ लाख ९२ हजार ९६८ पुगेको छ । एकैदिन ५ हजार ८०८ संक्रमित थपिएका छन् । अहिलेसम्म २ करोड […]
काठमाडौं । नेपाली सेनाले यस वर्षको मनसुन शुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ । सेनाले घटना अप्ठेरामा परेका […]
तनहुँ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई […]
बुटवल १० असोज । रातभरको वर्षाले रुपन्देहीको विभिन्न स्थानमा वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जन बढी घर बगाएको छ । तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ । बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीय अगुवा टेकराज पन्थीले […]
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ। महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका […]
काठमाडौं । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन् । मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना […]
धनगढी– सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। मन्त्रालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार प्रदेशमा एक हजार एक जना संक्रिय संक्रमित छन्। सबैभन्दा बढि कैलालीमा चार सय ८० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। यस्तै अछाममा एक सय २९, डोटीमा एक सय २३, बझाङमा एक […]
धनगढी– सुदूरपश्चिम प्रदेशका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका पाँच वटा प्रयोगशालामा ८ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा ५८ जनामा संक्रमढा पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक/एक जना गरी थप ७ जनामा कोरोना पुष्टि […]
काठमाडौं ८ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक पर्यटन प्रर्वद्धन गर्न हप्तामा दुई दिन विदा दिने प्रस्ताव तयार गरी मन्त्रिपरिषदमा पेश गर्ने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीबार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा […]
काठमाडौँ – पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ । ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना […]
काठमाडौं । स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण १० जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । […]
काठमाडौं–मन्त्रिपरिषद् बैठक आज बस्दैछ। बैठक आज साँझ ५ बजे बस्न लागेको हो। मन्त्रिपरिषद्को नियमित बैठक भएकाले विशेष खालको कुनै एजेन्डा नभएको उपप्रधानमन्त्री इश्वर पोखरेलको सचिवालयले जनाएको छ।
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । […]