होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भारतका पूर्व रक्षामन्त्रीको निधन
देश/प्रदेश

भारतका पूर्व रक्षामन्त्रीको निधन

  • नागरिक रैबार
भारतका पूर्व रक्षामन्त्रीको निधन

भारतका पूर्व केन्द्रीय मन्त्री जसवन्त सिंहको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । भाजपाका संस्थापक सदस्यसमेत रहेका जसवन्त सिंह ८२ वर्षका थिए ।

राजस्थानको बाडमेरका जसवन्त सिंहले विदेश र रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी भारतीय सेनाका मेजर पनि थिए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेको उनको मृत्युमा गहिरो शोक व्यक्त गरेका छन् ।

मोदीले ट्वीटमा भने, ‘जसवन्त सिंहले हाम्रो राष्ट्रलाई पूरा लगनका साथ सेवा गरे, सुरुमा उनले सैनिकको रुपमा पछि राजनीतिसँग जोडिएर । अटलजीको सरकारमा असाध्यै महत्वपूर्ण विभाग सम्हाले र आर्थिक, रक्षा एवं विदेश मामिलामा संसारसामू एक बलियो छाप छोडे । उनको निधनले दुःखी छु ।’

विज्ञापन

त्यसपछि उनले अर्को ट्वीट गरे, जसमा उनले लेखे, ‘जसवन्त सिंहजीलाई उनको राजनीतिक र समाजिक मुद्दा मामिलामा अनौठो दृष्टिकोणका लागि स्मरण गरिनेछ । उनले बिजेपीलाई बलियो बनाउन योगदान गरे । उनको परिवार स समर्थकसँग मेरो समवेदना छ । ओम शान्ति ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार