होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ। डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो। भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियोे। दुई दिनअघि अलपत्र […]
जवर्जस्ती करणी घटनालाई गाउँमै मिलापत्र गराउने आठ पञ्चलाई सिरहा प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको छ। गत असोज १२ गते सिरहाको बिष्णुपुर गाउँपालिका१ मा भएको जबर्जस्ती करणी घटनालाई रु. पाँच लाख जरिबाना तोकेर मिलापत्र गराउने गाउँका आठ जन पञ्चलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए। स्थानीय एक किशोरीलाई […]
सम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । भने, हाल देशभरीका मौसमको अवस्था प्रदेश १, प्रदेश २, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश १ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । यता, गण्डकी प्रदेश, […]
काठमाडौं – नेपाल चिकित्सक संघले आइतबार डा. गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा. केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा. बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस […]
१९ असोज, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिने काम आजबाट पुनः सुरु हुँदैछ । कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित […]
काठमाडौँ– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व केन्द्रित सुपथ मल्य पसल सञ्चालन गर्दा ‘होम डेलिभरी’लाई निरन्तरता दिने भएको छ । कोभिड–१९ को रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै लिमिटेडले पहिलो पटक ‘होम डेलिभरी’ शुरु गरेको थियो । बन्दाबन्दीको समयभन्दा अहिले त्यसको माग कम भएको लिमिटेडका नायब महाप्रवन्धक श्रीमणिराज खनालले बताए । त्यतिबेला दैनिक झण्डै […]
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आईतवार २५ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर १ का ६ जना, वडा नम्वर २ का सात जना र वडा नम्वर ३ का दुई जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी […]
१८ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले […]
१८ असोज, काठमाडौं । त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिएको छ । २१ दिनदेखि अनसनरत उनले निरन्तर छाति दुख्नुका साथै सास फेर्न गाह्रो भएको छ । उहाँलाई अक्सिजन सपोर्टमा राखिएको छ’ उनीसँगै रहेकी आवासीय चिकित्सक तोसिमा कार्कीले भनिन्, ‘अन्य औषधि भने उहाँले लिन मान्नु भएको छैन ।’ डाक्टर […]
१८ असोज, काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले आइतबार सूचना जारी गर्दै केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको सूचनामा उल्लेख छ ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ। मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ। आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए। […]
१८ असोज, काठमाडौं । भोलि (सोमबार)का लागि बोलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको छ । चारजना केन्द्रीय सदस्य र अन्य केहीलाई कोरोना संक्रमण देखिएको भन्दै केन्द्रीय कार्यालय ५ दिनका लागि बन्द गरिएको छ । अरु केही नेताहरुको रिपोर्ट आउन बाँकी छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज आइतबार बस्ने भनिएको पदाधिकारी र […]
काठमाडौं । आज आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो । ‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, […]
१८ असोज, काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण खड्का साइबर अपराध सम्बन्धी कसूरमा दोषी ठहरिएका छन् । खड्काले आफ्नो फेसबुक आईडीबाट बुहारीलाई अश्लील गालीगलौज गरेको अभियोगमा जिल्ला अदालत, काठमाडौंले उनलाई दोषी ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो । तत्कालीन महानगरीय अपराध […]
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूले उठाएको माग सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दिएको एक हप्ते ‘अल्टिमेटम’ सकिनै लाग्दा सो समूहको मागबारे पार्टीमा छलफल शुरु भएको छ । पौडेल समूहको मागबारे देउवाले शनिबारदेखि आफू निकट नेता, पदाधिकारी र केन्द्रीय सदस्यहरुसँग परामर्श सुरु गरेका थिए । पौडेल पक्षको माग […]
१८ असोज, काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगर–१ निवासी २९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको हो । उनले एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । उनले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी जुम्ल्याहा बच्चा जन्माएकी थिइन् […]
१७ असोज, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार असोज महिनाको तथ्यांक हेर्दा औषतमा दैनिक ८ जनाको मृत्यु हुने गरेको पाइएको छ । भदौ ३१ गते कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ थियो । १७ असोजमा आइपुग्दा […]
१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो । […]
१७ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । २० दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आईसीयूमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारले पनि सम्वाद गरेको छैन । प्रदर्शनमा सहभागी युवाहरुले ‘डा. […]
डोटी: संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका हुन। दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका […]