होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा
समाचार

राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा

  • नागरिक रैबार
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा

१६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ ।

असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए ।

 

विज्ञापन

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरिएको छ । सदस्यहरुमा उपाध्यक्ष दुर्गा पौडेल, महसाचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन् ।

त्यस्तै महासचिव जनकराज शर्माको संयोजत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको छ । सदस्यहरुमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरु कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले कोरोना महामारीबाट बच्न जनता स्वयं सचेत हुनुपर्ने र सरकारले जनताको उपचार र स्वास्थ्यसम्बन्धी कुराहरुमा आवश्यक व्यवस्था मिलाउनुपर्ने बताएको छ ।

सरकारले कोरोना महामारीङ्का कारण जनजीवन अत्यन्त कष्टकर भएको अहिलेको समयमा राम्रोसँग काम गर्न नसकेको राष्ट्रिय जनमोर्चाले उल्लेख गरेको छ ।

‘भ्रष्टाचार व्यापक रुपले मौलाएको छ । माफियाहरुको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटनाहरु बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षप बढ्दो छ’ राष्ट्रिय जनमोर्चाले भनेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार