होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् ।बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ । ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उनका […]
काठमाडौँ- अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् । सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप […]
काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ लाख ८९ हजार १२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६८ लाख २२ हजार ५७२ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५७ जनाको अवस्था गम्भीर […]
कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०.७ प्रतिशत हो । ‘उच्च […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली […]
बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय […]
धनगढी :अछामको कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा पछिल्लो ३ दिनसम्म कोरोना परीक्षण भएन । स्वाब नहुँदा विहिबार, बुधबार र मंगलबार कोरोना परीक्षण हुन नसकेको हो । कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण हुने गरेको प्रयोगशालामा स्थानीय तहहरुले स्वाब संकलन गर्न छोडेपछि नमूना परीक्षण ह्वात्तै घटेको हो । परीक्षण हुन छाडेपछि प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरु […]
काठमाडौं । बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भयो । ०७५ भदौ ४ मा उनको शवलाई प्रहरीले छुनुअघि घटना अनुसन्धान गर्न कुकुर परिचालन गरियो । नेपाल प्रहरीको केनाइन महाशाखाबाट ‘जोली’ नामको कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । त्यहाँ १० वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका सानुकान्छा तामाङलाई जोलीले पछ्यायो । […]
तिहारको चहलपहल शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका शहरी क्षेत्रमा प्राकृतिक फूलका मालाको तुलनामा कृत्रिम फूल मालाको माग बढ्न थालेको छ । तिहारमा प्रयोग हुने सयपत्री र मखमली फूलको अभाव भएपछि कृत्रिम फूलका मालाले बजार पाएको हो । कृत्रिम माला तिहारमा मात्र नभएर अन्य कार्यक्रमका लागि पनि पटक पटक प्रयोग गर्न सकिने भएकोले पनि यसको माग बढेको […]
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिकारवादी र गुटवादी सोच […]
काठमाडौंँ – सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवद्र्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रबार बुझ्दै उनले यस्तो बताएका हुन् । कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म […]
२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । आजै बिहान […]
नेपालको सन्दर्भमा अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयको सहकार्यमा कोरोनाविरुद्धको खोप खरिद समिति बनेको छ। खोप आयात गर्न आवश्यक कानुनी व्यवस्थाका लागि अध्यादेश ल्याउने तयारी भैरहेको छ। महामारीको अवस्थामा आकस्मिक रुपमा प्रयोग गर्नुपर्ने खोपलाई नेपालमा दर्ता नगरी प्रयोग गर्न पाइने गरी आवश्यक कानुनी व्यवस्था संशोधन गर्न आवश्यक छ। नेपालले निम्न तथा मध्यम आय भएका राष्ट्रले पाउने […]
काठमाडौं, २८ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर ३ गतेसम्मका लागि स्थगित भएको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ५ जनालाई […]
२८ कात्तिक, काठमाडौं । पार्टीका कार्यकारी अध्यक्षसहित सचिवालयका पाँच नेताले लिखितरुपमै आग्रह गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाउन सहमति दिए । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरेर महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजे सचिवालय बैठक बैठक बोलाएका छन् । तर, सचिवालयको बैठक […]
काठमाडौं, २८ कार्तिक । पछिल्लो २४ घन्टामा ३५ सय ३७ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १२ सय […]
प्रकाश विक, बाजुरा २८ कार्तिक अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले साँफे मार्तडी सडकको स्तरोन्नति संगै जडाङ्गाको बेलिवृज निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने भन्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववीयुका संयोजक राजिव रोकाया र राष्ट्रिय युवा संघ नेपालका संयोजक सन्तोष विकद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्र सहित विभिन्न […]
काठमाडौ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई लिखित पत्रमार्फत जवाफ फर्काएका छन् । अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन अनुरोध गर्दै बुझाएको दुईपन्ने पत्रको जवाफ ओलीले पाँच पन्नामा लेखेर फर्काएका हुन् । सचिवालय बैठक बस्नु केही समय अघि मात्र ओलीले दाहाललाई दिएको जवाफमा गुटबन्दी आफूले नभइ […]
२८ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा शुरु भएको छ । यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा शुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरु गर्नुभएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । […]