होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा कोरोना संक्रमण भयावह, परीक्षण ह्वात्तै घट्यो
समाचार

सुदूरपश्चिममा कोरोना संक्रमण भयावह, परीक्षण ह्वात्तै घट्यो

  • नागरिक रैबार
सुदूरपश्चिममा कोरोना संक्रमण भयावह, परीक्षण ह्वात्तै घट्यो

धनगढी :अछामको कमलबजार नगरपालिकाले स्थापना गरेको प्रयोगशाालामा पछिल्लो ३ दिनसम्म कोरोना परीक्षण भएन ।

स्वाब नहुँदा विहिबार, बुधबार र मंगलबार कोरोना परीक्षण हुन नसकेको हो । कुनैबेला २४ घण्टामा १ सय २८ जनाको परीक्षण हुने गरेको प्रयोगशालामा स्थानीय तहहरुले स्वाब संकलन गर्न छोडेपछि नमूना परीक्षण ह्वात्तै घटेको हो ।

परीक्षण हुन छाडेपछि प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरु फुर्सदिला बनेका छन् । भने, स्वाव नै संकलन नभएपछि जिल्लामा कोरोनाको जोखिम बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

विज्ञापन

कमलबजार नगरपालिकाका स्वास्थ्य संयोजक चक्र विष्टले स्थानीय तहहरु संगै अन्य जिल्लाहरुबाट स्वाबको नमूना आउन छोडेको बताउँदै भने, ‘स्वाब नै नआएपछि परीक्षण नभएको हो । कुनै मेसिन औजारलगायत अन्य कारणले भने रोकिएको हैन ।’

विहिबार नै सुदूरपश्चिम प्रदेशका ४ वटा प्रयोगशालामा ४ सय ९२ जनाको मात्रै कोरोना परीक्षण भयो । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३ सय ५८ जनाको परीक्षण भयो ।

जिल्ला अस्पताल बझाङमा ९७, डडेल्धुरा अस्पताल प्रयोगशालामा ३४ र बैतडी अस्पताल प्रयोगशालामा ३ जनाको मात्रै कोरोना परीक्षण भयो । एक प्रयोगशालामा दैनिक १ हजार नमूना परीक्षण गर्न सकिने क्षमता छ ।

जिल्ला अस्पताल बैतडीका मेसु डा. बशन्तराज जोशीले पनि स्वाब आउन छोडेपछि परीक्षण घटेको बताउँछन् ।

तर प्रदेश सरकारले स्थानीय तहहरुलाई कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको स्वाब संकलन गर्न निर्देशन दिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीको भनाइ छ ।

‘संघीय स्वास्थ्य मन्त्रालयको निर्देशिकाले कोभिडको लक्षण देखिएपछि मात्रै स्वाब संकलन गर्न भनेको छ,’ उनले भने, ‘सोही निर्देशिका अनुसार अहिले कम स्वाब संकलन भईरहेको हो ।’

तर सेती प्रादेशिक अस्पतालका फिजिसिन डा. निराजनदत्त शर्मा पौडेलले कोरोना नियन्त्रण तथा अवस्था यकिन गर्न परीक्षण बढाउनु पर्नेमा जोड दिन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार