होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिमको कोभिड रिफर अस्पतालको रूपमा रहेको धनगढीको सेती अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले कात्तिकदेखि अस्पतालको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने बिरामीको संख्यामा वृद्धि भएको बताए । उनका अनुसार अस्पतालमा ४८ आइसोलेसन बेड रहेका छन् । जटिल अवस्थाका संक्रमितका लागि आईसीयू बेड १५ र भेन्टिलेटर १० वटा मात्रै छन् । बिरामीको संख्या बढ्दै गएमा आइसोलेसन बेडसँगै आईसीयू […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी सूचना प्रविधिको विकास गर्न पनि यसको पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे । गैरसरकारी […]
८ मंसिर, काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नोभेम्बर २६ र २७ गते अर्थात मंसिर ११ र १२ गते नेपाल भ्रमण गर्ने भएका छन् । पराराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति निकालेर परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा उनी दुई दिने औपचारिक भ्रमणमा आउन लागेको जानकारी दिएको छ । मन्त्रालयले भ्रमणलाई दुई देशबीचमा उच्च स्तरमा भइरहेको भ्रमणको […]
८ मंसिर, ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन […]
८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तयार पारेको प्रतिवेदनले नराम्रो नभएको बताएका छन् । स्थायी कमिटी सदस्यहरु हरिबोल र टोपबहादुर रायमाझी प्रचण्डलाई भेट्न सोमबार विहान खुमलटार पुगेका थिए । दुबै नेताले पार्टी विभाजनसम्म जान नहुने बताएका छन् । जवाफमा प्रचण्डले कात्तिक २८ मा आफूले पेश […]
हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेका चारवटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ । नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ । जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन् । जिल्लाको तल्लो […]
रुकुमपूर्व । चिसो मौसम शुरु भएसँगै रुकुमपूर्वका भेडी गोठाला भेडाको बथानसहित बेंसी झर्न थालेका छन् । जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका भेडी गोठाला भेडाको बथानसहित न्यानो ठाउँ खोज्दै बेंसीतिर झरेका हुन् । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो अत्यधिकमात्रामा बढेपछि न्यानो ठाउँ खोज्दै बेंसी झरेको जनाइएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका […]
रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका वडा नम्बर १० का स्थानीयले ‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरुवात गरेका छन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जसअनुसार जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन भएको छ । स्थानीय भिमराज केसी,महानराज ओली, एकराज केसी र गोविन्द केसीको अगुवाईमा विद्यालयको समग्र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ । कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा दिन मन्त्रालयको सचिवस्तरिय बैठकले निर्देशन दिएको हो । कर्मचारी कार्यरत कार्यालयलाई त्यहीबाट तलब खुवाउन समेत सरकारले निर्देशन दिएको छ । हाल […]
८ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको बताएका छन् । संसद सचिवालयमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताए । ‘सकेसम्म चाडो संसद राख्नका लागि छलफल हुँदैछ । संसद सञ्चालनका लागि धेरै विकल्पहरु एक, दुई, तीन गरेर सबै […]
८ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनलाई सभामुख अग्नि सापकोटाले सपथ गराएका हुन् । प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो । केसीको गत कात्तिक १७ मा निधन भएको थियो […]
काठमाडौँ — नेकपाको घरमा उपियाँको राज थियो । तिनलाई मार्ने बहानामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आगो सल्काए । त्यो आगो उनीहरू बसेकै घरमा बढ्दै छ । यो चिसोमा उनीहरू त्यही आगो ताप्दै छन् । अनि एकले अर्कोलाई आगो लगाएको आरोप लगाइरहेका छन् भनाइ छ– सानो झिल्कोले सारा वन डढाउन सक्छ । […]
काठमाडौँ- किर्ते कागज पेश गरी विदेशी नागरिकले नेपाली नागरिकता लिने समस्या वर्षौंदेखिको हो । प्रहरीको तथ्याङ्कअनुसार मुख्य गरी नेपालको तराई क्षेत्रमा यो समस्या बढी देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार विशेष गरी भारतसँगको सीमावर्ती क्षेत्रहरूमा नक्कली आफन्त खडा गरी नागरिकता लिने काम हुने गरेको छ । यसरी नक्कली नागरिकता लिनेमध्ये अधिकांश भारतीय […]
दैलेख । मध्यपहाडी सडक आयोजनाअन्तर्गत सडक निर्माणका लागि प्रयोग गरिएको गाडी काठ तस्करीमा संलग्न भएको पाइएको छ । दैलेखको पश्चिमखण्ड आठबीस नगरपालिका–१ मा रहेको मध्यपहाडी सडक निर्माणमा प्रयोग गरिएको वाग्मती प्रदेश बाट ल्याइएको ०१–००६–१०३८ नं को गाडीमा सल्लाको दार लाद्दै गरेका अवस्थामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो । […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको विवाद मिलाउन दुवैतर्फका दोस्रो तहका नेताहरुले दौडधुप तीव्र बनाएका छन् । सोमबार बिहान मात्रै स्थायी समिति सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेर सहमतिका लागि आग्रह गरेका छन् । यस्तै ओलीलाई पनि दोस्रो तहका नेताहरुले […]
८ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । निनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटा पुगेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन् […]
बागलुङ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका […]
नागरिक रैबार/बाजुरा ८ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालयमा आईतबार बाट पढाई संचालन भएको छ । कोभिड-१९ का कारण गत चैत्र ११ गतेबाट लकडाउन सूरु भएसंगै बन्द भएका विद्यालयहरु आठ महिनापछि हिजो आईतबारबाट पुनः संचालनमा आएका हुन् । नगरपालिकाको शिक्षा समिति र सम्वन्धित विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोभिड-१९ का […]
८ मंसिर, काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् । तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजका तीन विद्यार्थी भने प्रहरीको थुनामा छन् । मंगलबार परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरू आइतबारसाँझसम्म छुटेका छैनन् । महानगरीय […]
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]