होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आजको मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना
देश/प्रदेश

आजको मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना

  • नागरिक रैबार
आजको मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ।

यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार