होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको १४ औं महाधिवेशन सन्दर्भ र सरकारका विरुद्धको आगामी रणनीतिका विषयमा छलफल हुने काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । यस्तै तत्कालीन राप्रपा नेता सुनिल थापा समूहको व्यवस्थापन र सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानुपातिक […]
२८ कात्तिक, कैलाली । दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतका लागि बिहीबारको रात सबैभन्दा त्रासदीपूर्ण र भयानक बन्यो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बसले एक्कासी सडक छाड्दा अब बाँचिदैन भन्ने लाग्यो । अहिले आफूलाई अस्पतालको शय्यामा पाउँदा उनलाई पुनर्जीवन पाएजस्तै भएको छ […]
पाल्पा — गत वर्ष रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्र बनाउने अभियानले यस वर्ष सार्थकता पाएको छ । वडा कार्यालयको सहयोग र स्थानीय किसानको मिहिनेतले १६ लाख किलो आलु उत्पादन गर्ने अभियान सुरु भएको छ । गत वर्ष झन्डै ८ लाख किलो आलु उत्पादन भएको थियो । ‘एक वडा एक उत्पादन’ कार्यक्रमअन्तर्गत ६ नम्बर वडाले आलु उत्पादनलाई जोड […]
२८ कात्तिक, गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–२ मजुवाबाट हटियातर्फ जाँदै गरेको लु १ च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक खेम गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए । […]
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये तीन जनाको सनाखत भएको छ । बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार–६ सित्तडकै २७ वर्षीय करनसिंह ऐर र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया किर्तिका कार्कीको सनाखत भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी […]
गलकोट : गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भएपनि गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवाका विद्यार्थीहरु कक्षा १० सम्मको शिक्षा लिन बास बस्नुपर्ने अवस्था छ । पाण्डवखानीको रमुवा गाउँमा आधारभूत विद्यालय भएपनि कक्षा ९ र १० अध्ययनका लागि बास बसेरै अध्ययन […]
२८ कात्तिक, कैलाली । कैलालीको नेपाल–भारत सीमा नाकामा भारत पस्नेहरुको लामो लाइन छ । यही लाइनमा छिन् धनगढी उपमहानगरपालिका ७ देवरीयाकी ३० वर्षीया रजिता चौधरी । उनी श्रीमानसँगै मजदुरीका लागि भारत जाँदै छिन् । उनी विगत ४ वर्षदेखि भारतको पुनामा काम गर्छिन् । प्रत्येक वर्ष दशैं र तिहारमा बिदा मिलाएर आउने उनीहरू यस वर्ष लकडाउनले […]
२८ कात्तिक, डोटी । बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना ५ ख ५१४१ नम्बरको बस बिहीवार राति करिब साढे १० बजेतिर खोड्पे बजार नजिक दुर्घटना भएको हो । दुर्घटनामा परि आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा […]
जनकपुर । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले तेस्रो चरणको तैयारी शुरु गरेको छ । कोरोना महामारीको वर्तमान अवस्था, विगतमा भए गरेको कामकाजको समीक्षा र अगामी रणनीति बारे छलफल गर्न आज मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थान समिति (पिसिसिएमसी)को बैठकले कोरोना महामारी विरुद्ध तेस्रो चरणको तैयारीमा पुगी सकेको निष्कर्ष निकालेको छ । […]
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा आइरहेको उतारचढावतर्फ इंगित गर्दै आफूले राजीनामा नदिने भन्ने भनाइ फेरी एक पटक दोहोर्याउन पुग्नु भएको छ । यो दृढतासँगै पार्टी भित्रको समकक्षी नेताहरुलाई एक प्रकारको चुनौती नै बनेको छ । त्यस्तै जनमानसमा भने प्रधानमन्त्रीको नेतृत्व दृढता अरु प्रवल देखिन पुगेको छ । दैनिक जस्तो समकक्षीहरुबाट निर्थरक घेराउमा परिरहनु पर्दाको पीडामा […]
२७ कात्तिक, जनकपुरधाम । झण्डै ७ लाख नक्कली नेपाली नोटसहित सिराहाबाट तीन जना पक्राउ परेका छन् । जिल्लाको गोलबजार नगरपालिका-६ लामाटोलबाट बिहीबार दिउँसो ७ लाख नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिइएको सिराहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय […]
२७ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरुलाई पत्राचार गरेको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (एचईओसी) ले बिहीबार प्रयोगशाला र अस्पतालहरुलाई पत्र पठाएर कात्तिक २४ गतेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी गराएको हो । उक्त मन्त्रिपरिषद् बैठकले सरकारी प्रयोगशालामा कोरोना परीक्षण र अस्पतालमा उपचार […]
काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री अोलीको सम्पूर्ण पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यस्तै उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ […]
२७ कात्तिक, काठमाडौं । गत भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका डा.युवराज खतिवडाले बिहीबार सांसदहरूको प्रश्नको सामना गरे । अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकार नियुक्त भएका उनले त्यही बेलामा अमेरिकाका लागि राजदूतमा सिफारिस भए । बिहीबार खतिवडालाई संसदीय सुनुवाई विशेष समितिका सदस्यहरूले विभिन्न प्रश्न गरे । सांसदहरूको प्रश्न थियो–अमेरिका […]
२७ कात्तिक, काठमाडौं । शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठ र भारतका वाणिज्य र उद्योगमन्त्री पियुष गोयलले नेपालगञ्जमा निर्माण हुने एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास गरेका छन् । दुवै मन्त्रीले अनलाइनमार्फत आईसीपीको शिलान्यास गरेका हुन् । सो कार्यक्रममा दुवै देशका उच्च अधिकारीहरु सहभागी थिए । भारत सरकारले नेपाल र भारत दुवैतिर आईसीपी निर्माण […]
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले ओलीप्रति लक्षि गर्दै राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरेका […]
एजेन्सी । उत्तर प्रदेश (यूपी) रायबरेलीमा हाईस्कुलकी टपर छात्रा काजल सिंहलाई बछरान्वाका विधायक रामनरेश रावतले एक दिनका लागि आफ्नो जिम्मेवारी सुम्पिएका छन् । एक दिनका लागि निमित्त विधायक अर्थात् राज्यकी सांसद् बनेकी काजलले जनतालाई बोलाएर उनीहरुका समस्या सुनिन् । आम सर्वसाधारणले सुनाएका समस्याहरुलाई सुचीबद्ध गरेर उनले यसबारे तत्कालै निर्णय लिनका लागि सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिइन् […]
२७ कात्तिक, काठमाडौं । बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीय सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ यही कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो । गत असोज ७ गते साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका- २ की […]
२७ कात्तिक, सप्तरी । बालबालिकाले पड्काएको पटाकाबाट आगलागी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ वटा घर जलेको छ । नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १/१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण […]
२७ कात्तिक, काठमाडौं । नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ । हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे । नेपाल […]