होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट आज ५ बजे
समाचार

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट आज ५ बजे

  • नागरिक रैबार
प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको भेट आज ५ बजे

११ मंसिर, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु भएको छ ।

बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

 

विज्ञापन

विदेश सचिव श्रृंगलाले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । बालुवाटारको भेटपछि उनी शितल निवास जानेछन् र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी भोलि गोरखा र मनाङ जानेछन् । गोरखामा भारतीय सहयोगमा बनिरहेको घरहरुको अवलोकन गर्नुका साथै तीन विद्यालयको उद्घाटन गर्नेछन् । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ ।

उनी भोलि नै भारत फर्किनेछन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार