होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • युवक संघका उपाध्यक्षको परिवार चढेको भ्यान त्रिशुलीमा खस्यो, चालक र श्रीमतीको मृत्यु, छोरी बेपत्ता
समाचार

युवक संघका उपाध्यक्षको परिवार चढेको भ्यान त्रिशुलीमा खस्यो, चालक र श्रीमतीको मृत्यु, छोरी बेपत्ता

  • नागरिक रैबार
युवक संघका उपाध्यक्षको परिवार चढेको भ्यान त्रिशुलीमा खस्यो, चालक र श्रीमतीको मृत्यु, छोरी बेपत्ता

काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खस्दा रोकाका श्रीमती र चालकको मृत्यु भएको हो भने छोरी बेपत्ता भएकी हुन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान त्रिशुलीमा नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इन्सपेक्टर दयाकृष्ण भट्टले बताए  ।

विज्ञापन

पिकअप भ्यान दुर्घटना भएलगतै मुकुन्द रोका नदीमा पौडिएर बाहिर निस्किन सफल भएको भट्टले जानकारी दिए । प्युठानको झिमरुक गाउँपालिका–१ घर भएका ३८ वर्षीय घाइते रोक्काको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना रोक्का र चालक २३ वर्षीय सूर्य केसी रहेका छन् । बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्का बेपत्ता छिन् ।

पिकअप भ्यान सडकबाट करिब ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार