होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
११ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताएका छन् । बुधबार नगरपालिका संघको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुले मुलुकको कुल बजेटको ७० प्रतिशत बजेट स्थानीय तहमा पठाउनुपर्ने बताएका थिए । उनीहरुले बजेटजति केन्द्र सरकारले राखेको गुनासो पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले […]
धनगढी: नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ। चैत ९ गते महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार महासंघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन। बुधबार दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफरिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको […]
बाजुरा ११ चैत । बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो । स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित […]
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत रहेको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छिमेकी देशहरूमा कोभिडको दोस्रो लहर देखापरेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव दिएको छ । बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन दिँदै १८ बुँदे सुझाव प्रस्तुत गरेका छन् । गत भदौ […]
११ चैत, काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा मानिसहरुले यो फोटोलाई ‘नेपालमा विकासको नयाँ मोडल’ भन्दै पोस्ट गरिरहेका छन् । यो तस्वीर पर्सा जिल्लाको अन्तर्गत पर्ने वीरगञ्ज–ठोरी हुलाकी सडकखण्डको हो । सडक निर्माणको जिम्मा पाएको कालिका–बानियाँ जेभी कन्स्ट्रक्सनले बीच सडकमा रुख राखेर कालोपत्रे गरेपछि अहिले यसको चौतर्फी […]
११ चैत, काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो ।उक्त भवनको बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निरीक्षण गरेका छन् । एमालेको बल्खुस्थित पार्टी कार्यालय २०७२ सालको भूकम्पले भत्किएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण […]
काठमाडौं । सरकारले कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो । सोमबार सवै प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता […]
दैलेख — नारायण नगरपालिका– ५ धिताहस्थित नवदुर्गा निमाविका सयौं विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो । ज्वरो आउने, रिँगटा लाग्नेलगायत समस्याले विद्यार्थी थला परेपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए । उनका अनुसार आइतबार करिब […]
११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ । एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो […]
काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षका नेता विष्णु रिजालले प्रतिनिधिसभा विघटनपछि भएको सडक आन्दोलनका घटनाक्रमहरुलाई लिएर नेकपा (एमाले) मा स्पष्टिकरणमार्फत् कारवाहीको सिलसिला अघि बढाउनु पार्टी फुटको घोषणा भएको बताएका छन् । नेता रिजालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा यति कुरा प्रस्ट छ भन्दै कसैले माधव नेपालबिनाको नेकपा एमाले कल्पना गरे त्यो एकीकृत एमाले नभइ […]
११ चैत, काठमाडौं । तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार गठन गर्न चाहान्छन् । तर प्रधानमन्त्री ओलीलाई हटाउने कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । संवैधानिक र कानुनी हिसाबले अझै पनि प्रधानमन्त्री ओलीसँग संसदमा स्पष्ट बहुमत छ । तीन दलले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन […]
काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो । क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै पालिका क्षयरोगमुक्त गरिने केन्द्रका निर्देशक डा अनुज भट्टचनले बताउनुभयो । गएको वर्ष एक लाख ५५ […]
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो। तर, त्यसको अवधि थपिँदै लगिएको थियो। छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा त्रास बढेको छ। धेरैले प्रश्न गर्न थालेका छन्, ‘नेपालमा के होला ’ शुक्रराज […]
सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर स्वास्थ्य मापदण्डसमेत अनिवार्य लागू गर्न निर्देशन दिएको छ । जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले […]
काठमाडौं । प्रत्येक वर्ष मार्च २३ मा मनाइने विश्व मौसम दिवस आज विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विश्व मौसम सङ्गठन स्थापना भएको दिन (सन् १९५० मार्च २३) का स्मरणमा हरेक वर्ष नेपाललगायत विश्वव्यापी रुपमा विश्व मौसम दिवस मनाइन्छ । यस वर्षको मौसम दिवसको नारा ‘समुद्र, जलवायु र मौसम’ रहेको छ जसले मौसम […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय […]
काठमाडौं । टर्चको ब्याट्री बक्समा लुकाएर ल्याएको सुन प्रहरीले त्रिभुवन विमानस्थलबाट बरामद गरेको छ । धादिङको गजुरी गाउँपालिका घर भएका रमेश सापकोटाले दुवईबाट ४ सय ग्राम सुन ल्याएका थिए । सापकोटाले टर्चको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याएको सुन महानगरीय अपराध महाशाखाको टोलीले बरामद गरेको हो । सापकोटा र सुन रिसिभ गर्न विमानस्थलमा गएका निर्दोषकुमार थिङलाई […]
धनगढीः कैलालीको लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ। गोली लागेर गम्भीर घाइते भएका सोही ठाउँका ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलीकोप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए। उनकाअनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि प्याकुरेललाई हेलीकोप्टर […]
१० चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली हिटलरको नेपाली अवतार भएको बताएका छन् । मंगलबार आफ्नो समूहसम्वद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता नेपालले ओलीमाथि व्यक्तिवादी बनेको र कम्युनिस्ट आन्दोलनलाई बिसर्जनको दिशातिर लगेको आरोप लगाए । तर ओलीले ‘असली एमाले हामी हौं’, ‘जबजको हिमायती हामी […]
१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसदको अपमान बढ्दै जाने बताएका छन् । ‘जति दिन यो सरकार रहन्छ संसदको तिरस्कार र अपमान उपेक्षा गर्ने काम अझ बढ्दै जान्छ । किनकि प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ’, मंगलबार सांसद थापाले प्रतिनिधिसभाको बैठकमा भने, ‘तर, हामी हाम्रो ठाउँबाट संसदको गरिमा […]