होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्षयरोगका ४१ हजार नयाँ बिरामी उपचारको पहुँच बाहिर
समाचार

क्षयरोगका ४१ हजार नयाँ बिरामी उपचारको पहुँच बाहिर

  • नागरिक रैबार
क्षयरोगका ४१ हजार नयाँ बिरामी उपचारको  पहुँच बाहिर

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षदेखि क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त पालिका घोषणा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै पालिका क्षयरोगमुक्त गरिने केन्द्रका निर्देशक डा अनुज भट्टचनले बताउनुभयो । गएको वर्ष एक लाख ५५ हजार ३ सय ७१ मा परीक्षण गर्दा २७ हजार ७ सय ४५ क्षयरोगका बिरामी भेटिएका थिए । केन्द्रका अनुसार क्षयरोग पत्ता लगाएका अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् ।

हरेक वर्ष नेपालमा ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार अहिले नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९ सय ५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७ सय ६५ प्रयोगशाला र ७२ जिनएक्सपर्ट परीक्षण केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।

विज्ञापन

यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, ६ डीआर होस्टेल, एक वटा डीआर होम रहेका छन् । नेपालमा अहिले वार्षिक २२ सय औषधि प्रतिरोधी बिरामी थपिने गरेको केन्द्रका निर्देशक डा भट्टचनले बताउनुभयो । अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन चुनौती रहेको उहाँले बताउनुभयो ।

सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्न मासिक तीन हजार रुपैयाँ दिँदै आएको छ । यसैबीच, आज विश्वभर क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने नारासहित यो दिवस मनाइँदै छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा क्षयरोगका नयाँ बिरामी हुने दर १ दशमलब ६ प्रतिशले बढिरहेको छ । यसले क्षयरोग नियन्त्रणमा थप चुनौती देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार