होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडिमालिका नगरपालिकाले गर्याे आपतकालिन कार्यसंचालन केन्द्र स्थापान
समाचार

बडिमालिका नगरपालिकाले गर्याे आपतकालिन कार्यसंचालन केन्द्र स्थापान

  • नागरिक रैबार
बडिमालिका नगरपालिकाले गर्याे आपतकालिन कार्यसंचालन केन्द्र स्थापान

बाजुरा ११ चैत ।  बाजुरा जिल्लाको सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाले स्थानीय आपतकालिन कार्यसंचालन केन्द्रको स्थापना गरेको छ । बिपतको समयमा हुने सुचना प्रबाह तथा आपतकालिन अबस्थामा उद्धार तथा राहत लगायतका कार्यहरुलाई चुस्त दुरुस्त अगाडी बढाउन सो केन्द्रको स्थापना गरिएको हो ।

स्थानीय तह आपत्कालीन कार्य सञ्चालन केन्द्रको उद्देश्य नेपाल सरकारको विपद् व्यवस्थापन कार्यसंग सम्बन्धित निकायहरुकोबीच समन्वयकर्ताको रुपमा रही कार्य गर्ने र नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुकोबीचमा पनि प्रतिकार्य कार्यमा समन्वय इकाइको रुपमा सो केन्द्रको स्थापना गरिएको बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन ।

No description available.
स्थानीय तहमा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने योजना अनुसार जिल्लामै पहिलो स्थानीय तहरुमध्य बडिमालिका नगरपालिकाले केन्द्रको स्थापन गरिएको नगर प्रमुख बडुवालले बताएका छन ।
आपतकालिन कार्यसंचांलन केन्द्रको विपद्को समयमा पनि केन्द्रको कार्यसञ्चालन अवरोध सृजना हुन नपाओस् भनी विद्युत, सञ्चार जस्ता सुविधाहरुको बैकल्पिक प्रबन्धको छुट्टै व्यवस्था गरिएको जनाएको छ । यो केन्द्रले सबै किसिमका विपद् घटनाहरुको सूचनाको जानकारी सबैले दिन र लिन सकिने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

विज्ञापन

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार