होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गोली लागेर गम्भीर घाइते भएका युवकलाई काठमाडौँ लगियो
देश/प्रदेश

गोली लागेर गम्भीर घाइते भएका युवकलाई काठमाडौँ लगियो

  • नागरिक रैबार
गोली लागेर गम्भीर घाइते भएका  युवकलाई काठमाडौँ लगियो

धनगढीः कैलालीको लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

गोली लागेर गम्भीर घाइते भएका सोही ठाउँका ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलीकोप्टर मार्फत थप उपचारका लागि काठमाडौँ लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

उनकाअनुसार कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि प्याकुरेललाई हेलीकोप्टर मार्फत काठमाडौँ लगिएको हो। उनको पेटमा गोली लागेको छ।

विज्ञापन

यस्तै अर्का घाइते १८ वर्षीय दिपक सन्ज्यालको भने नेपालगञ्जमै उपचार भइरहेको छ।

मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।

सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरेका थिए भने इलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार