होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • टर्चको ब्याट्री बक्समा लुकाएर सुन तस्करी
देश/प्रदेश

टर्चको ब्याट्री बक्समा लुकाएर सुन तस्करी

  • नागरिक रैबार
टर्चको ब्याट्री बक्समा लुकाएर सुन तस्करी

काठमाडौं । टर्चको ब्याट्री बक्समा लुकाएर ल्याएको सुन प्रहरीले त्रिभुवन विमानस्थलबाट बरामद गरेको छ । धादिङको गजुरी गाउँपालिका घर भएका रमेश सापकोटाले दुवईबाट ४ सय ग्राम सुन ल्याएका थिए । सापकोटाले टर्चको ब्याट्री राख्ने ठाउँमा लुकाएर ल्याएको सुन महानगरीय अपराध महाशाखाको टोलीले बरामद गरेको हो । सापकोटा र सुन रिसिभ गर्न विमानस्थलमा गएका निर्दोषकुमार थिङलाई पक्राउ गरिएको अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

 

भन्सार पार गरेर पार्किङमा पुगेपछि प्रहरीले अवैध सुन ल्याएको सुराक पाएको थियो । निर्दोषकुमारको मोबाइलमा रमेश सापकोटाको फोटो देखेपछि प्रहरीले सापकोटालाई पक्रेको हो । लगेजमा भित्रको टर्चको ब्याट्रीको ठाउँमा ३ सय ५० ग्राम सुनको बिस्कुट र ५० ग्राम परिमाणको बाला फेला परेको थियो । एक्सरे मेशिन छल्न कारोबारीले सुनलाई सेतो बनाउने ल्याउने गरेका छन् ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार