होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • ४ हजार ३२ परीक्षणमा १ सय ८८ जना कोरोना संक्रमित
स्वास्थ्य-जीवनशैली

४ हजार ३२ परीक्षणमा १ सय ८८ जना कोरोना संक्रमित

  • नागरिक रैबार
४ हजार ३२ परीक्षणमा १ सय ८८ जना कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ३२ पीसीआर परीक्षणमा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार १ सय २८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार ९७ रहेको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । हालसम्म देशभर २२ लाख ४५ हजार ३० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।

२४ घण्टाको अवधिमा सोमबार १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार