होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी
समाचार

पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

  • नागरिक रैबार
पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

धनगढी: नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ। चैत ९ गते महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्लास्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार महासंघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन।

बुधबार दुवै संगठनले प्रेस विज्ञप्ति जारी गर्दै कैलाली शाखाले एकलौटी रुपमा नयाँ सदस्य सिफरिस गरेको र आफूहरुले सदस्यताका लागि दिएको निवेदनमा कुनै सुनुवाई नगरेको भन्दै तालाबन्दी गरेको बताएका छन्।

‘लामो समयदेखि क्रियाशिल पत्रकारलाई सदस्यता नदिएको र सदस्यता सिफरिस गर्दा जुन एकलौटी रुपमा सिफरिस गरी हामीले दिएको निवेदनको कुनैपनि सुनुवाई गरिएको छैन, यसका विरुद्ध आज हामी तालाबन्दी गर्न बाध्य भएका छौ’ प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य हिमेश विक र जन पत्रकार महासंघका केन्द्रीय सदस्य धर्मसिंह विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामीले उठाएका मागप्रति सुनुवाई नभएसम्मका लागि तालाबन्दी यथावत रहने समेत जानकारी गराउँदछौं।’

विज्ञापन

साथै दुवै संगठनले आफुहरुले दिएको निवेदन उपर सुनुवाई नगरे पत्रकार महासंघको तिनै तहको निर्वाचनमा सहभागी नहुने चेतावनी समेत दिएका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार