होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहको परिपत्र : ‘क्वारेन्टिन र आइसोलेसन फेरि चाहिन सक्छ, अपडेट गर्नुस्’
समाचार

गृहको परिपत्र : ‘क्वारेन्टिन र आइसोलेसन फेरि चाहिन सक्छ, अपडेट गर्नुस्’

  • नागरिक रैबार
गृहको परिपत्र : ‘क्वारेन्टिन र आइसोलेसन फेरि चाहिन सक्छ, अपडेट गर्नुस्’

काठमाडौं । सरकारले कोरोना संक्रमण थप फैलिन सक्ने आँकलन गर्दै स्वास्थ्य मापदण्डमा कडाइ गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेर मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।

सोमबार सवै प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) चक्र बहादुर बुढाले रातोपाटीलाई बताए ।

विज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत ८ मा कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा,सम्मेलन गर्न रोक लगाउन भनेको थियो ।

स्वास्थ्य मन्त्रालयले खतरा औंल्याएपछि गृह मन्त्रालयले परिपत्र गर्दै सीमानाबाट नेपाल प्रवेश गर्नेहरुको रेकर्ड राख्न भनेको छ ।

‘सिमानामा स्वास्थ्य चेकजाँच गर्न भनेका छौं’ गृह प्रवक्ता बुढाले भने–‘फेरी चाहिन सक्छ है भनेर क्वारेन्टिन र आईसोलेशन अपडेट गर्न निर्देशन दिएका छौं ।’

एक वर्षअघि सरकारले शैक्षिक संस्था,सरकारी भवन र संघ–संस्थाको भवनमा क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाएको थियो । त्यतिबेलाका क्वारेन्टिन र आइसोलेसनलाई गृह–मन्त्रालयले अपडेट गर्न ७७ जिल्लाका प्रजिअलाई निर्देशन दिएको छ ।

भिडभाड नियन्त्रण र मास्क अनिवार्य गर्न मन्त्रालयले प्रजिअहरुलाई निर्देशन दिएको छ ।

सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्न प्रजिअहरुलाई निर्देशन दिइएको छ ।

कोरोनाको खोप अनिवार्य गरेर रेकर्ड व्यवस्थित गर्न पनि प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार