होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासकोे प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत
समाचार

मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासकोे प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

  • नागरिक रैबार
मुख्यमन्त्री राईको पद जोगियो, अविश्वासकोे प्रस्ताव फिर्ता लिन नेपाल समूह सहमत

११ चैत, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद जोगिएको छ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन सहमत भएको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

 

विज्ञापन

अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेता राजेन्द्र राईले जानकारी दिए । ‘अहिलेलाई अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय भएको छ,’ उनले भने, ‘त्यहीँ विषयमा जानकारी गराउन हाम्रा दुई जना साथीहरु जानु भएको छ ।’

प्रदेश १ सभामा एमालेका ५१ सांसद छन्, जुन बहुमत हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार