होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा पाँचौं इनिङ्स सुरु हुँदै छ । सर्वोच्च अदालतले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै देउवाले सत्तारोहणको पाँचौँ यात्रा सुरु गर्ने भएका हुन् ।सर्वोच्च अदालतको परमादेशअनुसार उनलाई मंगलबार अपराह्न ५ बजेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरिसक्नुपर्नेछ । देउवा तत्कालीन राजा वीरेन्द्र शाहको पालामा पहिलोपटक २०५२ साल भदौ २७ देखि […]
धनगढी: सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली मनाउन थालिएको छ। सामाजिक सञ्जाल फेसबुकमा देउवालाई बधाई दिनेको पनि ओइरो छ। पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको भन्दै नेपाली काँग्रेससहित अन्य दलका नेता कार्यकर्ताले पनि बधाई दिएका छन्। डडेल्धुरा गृहजिल्ला भएका देउवा अहिलेसम्म […]
मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारी दिइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा […]
२८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द […]
काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ । हिजो राति १० बजे कार्यदलले गरेको १० बुँदे सहमतिको बारेमा छलफल गर्न ओली र नेपालबीच भेटवार्ता हुन लागेको भीम रावलले जानकारी दिए । अहिले रावल प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । उनी विहानै बालुवाटार […]
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल भएको छ । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई दोस्रो पटकसमेत पुनर्स्थापना गरिदिएको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको हो । यसअघि गत फागुन ११ मा पनि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको थियो । प्रधानमन्त्री ओलीले पहिलो […]
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । ३० वैशाखमा संविधानको […]
अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो। अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।यो खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई […]
काठमाडौं । अमेरिकी राजदूत -याण्डी बेरीले राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने प्रस्ट पारेका छन् । सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत जोन्सन एन्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८५० मात्रासहितको डेलिभरी नेपाल आइपुगेको सन्दर्भमा उनले ट्वीटरमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘म स्पष्ट पार्न चाहन्छु, यो अमेरिकी जनताको तर्फबाट निःशुल्क उपहार हो […]
कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन । ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा […]
नागरिक रैबार/बाजुरा २८ असार । गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। साँफेबगर–मार्तडी सडकको साँफेदेखि ३५ किलोमिटरको आसपासमा झण्डै चार किलोमिटर सडकमा पहिरोको जोखिम धेरै भएकाले त्यो क्षेत्रमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने आवाज उठ्न […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन्। पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जातका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो। ती अन्न स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ। डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगात जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोप हुँदै […]
२७ असार, कञ्चनपुर । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आइतबार बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा बाबुछोरा बसेका बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका लालसिंहको महाकाली प्रादेशिक अस्पतालमा […]
२७ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन वित्न लागिसक्यो । तर लाखौं विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शहरी क्षेत्रमा अनलाइन लगायतका वैकल्पिक माध्यमबाट विद्यार्थीहरुलाई पठनपाठनमा जोड्ने प्रयास भइरहे पनि ग्रामिण क्षेत्रमा त्यो पनि हुन सकेको छैन । कोभिड–१९ को दोस्रो लहर केही कम भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । […]
२७ असार, धनगढी । कैलालीमा प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलको जोडीलाई अलग्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । प्रकाशले भने आफूहरुलाई उमेर नपुगेको कारण देखाउँदै अलग्याए पनि उमेर पुगेपछि पुनः एक हुने बताएका छन् । उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, […]
गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै पदभार पनि ग्रहण गरेका छन् । यसअघि भागबण्डाको विषय नमिल्दा जिम्मेवारी बाँडफाँड […]
धनगढी : जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ घर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रका पहाडी भूभागमा […]
सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपालिका वडा नम्बर २ बाट २ थान […]
काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ । रियो दि जेनेरियोस्थित माराकाना स्टेडियमा आइतबार बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि हात पारेको हो । अर्जेन्टिनाको लागि खेलको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाए । सोही गोल नै अर्जेन्टिनाको उपाधिका […]
कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिए […]