होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइँदै, गृहको टोली आजै दार्चुलातर्फ
समाचार

प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइँदै, गृहको टोली आजै दार्चुलातर्फ

  • नागरिक रैबार
प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइँदै, गृहको टोली आजै दार्चुलातर्फ

महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा देख्ने तीन जना प्रत्यक्षदर्शीलाई आज जिल्ला प्रशासन कार्यालय ल्याउन लागिएको हो।

यसअघि नै शसस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा एउटा टोली र नेपाल प्रहरीका इन्सपेक्टरको नेतृत्वमा अर्को टोली घटनास्थल पुगेर घटनाको यथार्थ पत्ता लगाउने कोसिस गरेको थियो ।

दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय युवा जयसिंह धामी केही दिनअघि वेपत्ता भएका थिए । अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको आरोप लागेको छ ।

विज्ञापन

तर यतिबेलासम्म भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएको हो कि होइन,धामी नदीमै डुबेर वेपत्ता भएको हो कि होइन भन्ने खुलेको छैन ।

प्रत्यक्षदर्शीले भने तुइन नजिकै हातमा आरा लिएका भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानहरू देखेको र उनीहरुले नै तुइन काटिदिएको हुनसक्ने बताएका छन् । तर मानिस तुइनबाट आउँदै गर्दा तुइन काटिएको हो कि होइन,रुखमा बाँधिएको तुइनको लठ्ठा फुस्काइदिएको हो कि होइन भन्नेबारे यकिन भइसकेको छैन ।

तुइन काटिएको सम्बन्धमा भारतीय सिमा सुरक्षा बल एसएसबीले भने अनभिज्ञता जनाउँदै आफ्नो संलग्नताबारे इन्कार गरेको छ । यद्यपि सो सम्बन्धमा पिथौरागढका डिस्ट्रिक मजिस्ट्रेटले पनि अनुसन्धानमा सहयोग गर्ने र कोही दोषी प्रमाणित भए कारवाही गर्ने बताएका छन् ।

भारतीय पक्षले तुइन काटिएको सम्बन्धमा इन्कारी जवाफ दिएपनि प्रत्यक्षदर्शीले भने तुइन काटिएको नै बताउँदै आएका छन् । पहिले पनि भारतीय सिमा सुरक्षा बलले तुइन काट्ने गरेकाले त्यस समयमा पनि तुइन तर्दै गर्दा काटिएको आरोप लगाएका छन् ।

घटनालाई नजिकबाट देखेका व्यक्तिलाई सदरमुकाम बोलाइएको भन्दै उनीहरु आएपछि घटनाबारे थप केही बुझ्न सकिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले बताइन् ।

केन्द्रीय अनुसन्धान टोली आजै दार्चुलातर्फ

गृह मन्त्रालयले गठन गरेको केन्द्रीय अनुसन्धान टोली पनि घटनाको अनुसन्धानका लागि सोमबारै दार्चुला जाने भएको छ । महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । उक्त टोली पनि आजै दार्चुला पुगेर घटनाबारे खोजबिन गर्ने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार