होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मोरङमा एक महिला मृत फेला, तीन जना पक्राउ
देश/प्रदेश

मोरङमा एक महिला मृत फेला, तीन जना पक्राउ

  • नागरिक रैबार
मोरङमा एक महिला मृत फेला, तीन जना पक्राउ

मोरङको धनपालथान गाउँपालिका–४ की ३५ वर्षीया जानकीदेवी मुखिया मृतावस्थामा फेला परेकी छन् । घरबाट लगभग ५० मिटर दूरीमा रहेको धान रोपाईं भइसकेको र पानी जमेको खेतमा आइतबार राति १० बजेतिर उनको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

परिवारकै सदस्यले पानी जमेको खेतमा मृत फेला पारेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएका थिए ।

घरमा निस्किएको केहीबेरमा आँखाको डिलमा साधारण चोट रहेको र मुखबाट फिँज तथा नाकाबाट रगत बगिरहेको अवस्थामा जानकीदेवी मृत फेला परेको डीएसपी श्रेष्ठको भनाइ छ ।
प्रहरीलाई खबर गर्नुअघि परिवारका सदस्य एवं छिमेकीले उनको शव घटनास्थलबाट उठाएर घरमा ल्याएर राखेका थिए ।

विज्ञापन

प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिए पनि मृत्युको कारण खुल्न सकिरहेको छैन । पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी श्रेष्ठले दिए ।
प्रहरीका अनुसार हाँस हराएपछि खोजी गर्न क्रममा छिमेकीसँग उनको विवाद भएको थियो ।

धान रोपिएको र पानी जमेको खेतमा शव भेटिएपछि जानकीदेवीसँग विवाद गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दै घटनाको अनुसन्धान थालेको छ ।
जानकीदेवीसँग विवाद गर्ने छिमेकीहरू ३६ वर्षीया अनरवती मुखिया, ५५ वर्षीय भुटाइ मुखिया र उनकी श्रीमती सती मुखियालाई इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार