होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विवादमा पूर्वयुवराज : पोखरा र काठमाडौंमा मोटरसाइकल भटट !
समाचार

विवादमा पूर्वयुवराज : पोखरा र काठमाडौंमा मोटरसाइकल भटट !

  • नागरिक रैबार
विवादमा पूर्वयुवराज : पोखरा र काठमाडौंमा मोटरसाइकल भटट !

पूर्वयुवराज पारश शाह धेरैजसो पोखरामा बस्छन् । पोखराको लेकसाइडस्थित खहरेमा उनले घर भाडामा लिएका छन् । वैशाख १६ मा निषेधाज्ञा शुरु भएदेखि चाहिँ उनी काठमाडौंमै बसिरहेका छन् । काठमाडौंमा बस्दा उनी परिवारसँगै महाराजगञ्जस्थित निर्मल निवासमा बस्छन् । पछिल्लो समय पोखरा र काठमाडौंमा उनी चर्चामा आउने कारण बनेको छ– ‘मोटरसाइकल’ ।

पारस अधिकांश समय बा.१४ च २१३१ नम्बरको जिपमा हिँडछन् । तर, कहिलेकाँही हिँड्ने मोटरसाइकलका कारण उनी पटक–पटक विवादमा तानिएका छन् । गत शुक्रबार साँझ हेलमेट नलगाई मोटरसाइकल हाँकेका शाहलाई महाराजगञ्जमा ट्राफिक प्रहरीले रोकेपछि विवाद भयो । पारस र प्रहरीबीच ठेलाठेल नै भयो ।

​महानगरीय प्रहरी वृत महाराजगञ्ज र ट्राफिक प्रहरीले हेलमेटबिना उनलाई अगाडि बढ्न नदिएपछि उनका सहयोगीले हेलमेट ल्याएका थिए । हेलमेट ल्याएपछि प्रहरीले पारसलाई छाडेको थियो ।

विज्ञापन

पोखरामा पनि पारस मोटरसाइकलका कारण विवादमा आउने गरेका छन् । गत वर्ष लकडाउनको सयममा पारस शाह मोटरसाइकल लिएर पोखराको न्युरोडमा निस्किए । शाहले त्यहाँ हेलचेक्रयाइँले साथ मोटरसाइकल चलाए पनि उनलाई कसैले रोक्न सकेनन् । प्रहरीले उनलाई पछ्यायो । तिब्र गतिमा मोटरसाइकल चलाएर हिँडेका पारश पोखरास्थित एकजना दुग्ध व्यवसायीको घरमा भेटिए ।

जिल्ला प्रहरी कार्यालयमा कास्कीमा त्यतिबेला कार्यरत एकजना प्रहरी अधिकृत भने, ‘व्यवसायीको घरमा भेटेर उनलाई त्यसरी मोटरसाइकल नचलाउन आग्रह गरेर हामी फर्किएका थियौं ।’

पूर्वयुवराज शाह चढेको गाडी पोखरामा ०७७ जेठ १० मा दुर्घटनामा पर्यो । बा १४ च २१३१ नम्बरको गाडीले पृथ्वीचोकमा सडकमा हिँडिरहेको बाच्छोलाई ठक्कर दिँदा बाच्छाको ज्यान गयो । सवारी चालक अशोक गुरुङलाई प्रहरीले पक्रियो र, अभद्र व्यवहारको मुद्दा चलायो । त्यस दिन मध्यरातमा छाती दुःखेपछि पारसलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको थियो ।

विवादको श्रृङ्खला

पूर्वयुवराज शाह पटक–पटक उच्छृङ्खल गतिविधि गरेर चर्चामा आइरहन्छन् । २०७५ जेठ २८ मा उनी सवार बा.१४ च २१३१ नम्बरको जिप जावलाखेलबाट ट्राफिक नियम ताडेर भाग्यो । गाडीलाई थापाथलीमा रोक्न खोज्दा ट्राफिक प्रहरीलाई किचौँला जस्तै गरेर गाडी हुँइकियो । संयोगले जोगिएकी महिला प्रहरीले पारसको लाइसेन्स लिएर चिट काटिन् ।

पारसको गतिविधि यतिमै रोकिँदैन । दुई वर्षअघि विमानस्थलमा शाहले प्रहरी नायव निरीक्षक (सई) लाई धकेलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । तर, प्रहरीले उनको व्यवहारलाई सामान्य रुपमा लिएर कुनै कारवाही गरेन ।

२०७१ सालमा पारश थाइल्याण्डमा गाँजासहित पक्राउ परेका थिए । थाइल्याण्डमा उनी ४ पटक सम्म पक्राउ परिसकेका छन् ।

२०५७ साल साउन २२ मा पारस सवार गाडीको ठक्करबाट गायक प्रवीण गुरुङको ज्यान गएको थियो । विद्यार्थीले आन्दोलन नै गरे । तर, पारसमाथि मुद्दा चलेन । दरबारले अर्को चालक खडा गरेर पारसलाई जोगाएको त्यतिबेला काठमाडौं उपत्यकामा कार्यरत प्रहरी अधिकृतहरु बताउँछन् ।

पारसले चितवनको टाइगर टप्स होटलमा सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीमाथि गोली चलाएका थिए । तर, उनलाई गोली चाहिँ लागेन । यो घटनामा भने मुद्दासमेत चलेको थियो ।

शुक्रवार महाराजगञ्जमा पारसलाई प्रहरीले रोकेको निहुँमा उनका समर्थकले प्रदर्शन गरे । पूर्वयुवराजलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै युवाहरुले प्रहरीको बिरुद्धमा नाराबाजी गरे । तर, प्रहरीले ‘हेलमेट किन नलगाएको ?’ भनेर शाहलाई प्रश्न गर्दा उनले नै प्रहरीलाई दुव्र्यवहार गरेका थिए ।

सोनिका र जुसेरी क्लब

पारस पोखरामा बस्दा उनी धेरैजसो समय जुसेरी क्लवमा बिताउँछन् । लेकसाइडमा रहेको ‘जुसेरी क्लब’ उनको जक्सन हो । त्यहाँ बसेर उनले मादक पदार्थ सेवन गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । युवा–युवतीहरु उनीसँग सेल्फी खिच्न जुसेरीमा जान्थे । तर, ३ महिनादेखि उनी पोखरामा गएका छैनन् ।

बझाङ घर भएकी सोनिका पोखरामा पारससँगै हिँड्थिन् । उनलाई पारसले दरबारमार्गस्थित एक क्लवमा लगानीसमेत गरिदिएको चर्चा । तर, पछिल्लो समय सोनिका र पारसको सम्बन्ध बिग्रिएको छ ।

पोखरामा भाडामा लिएको घर रेखदेख गर्न पारसले सहयोगी राखेका छन् । नेपाली सेनाका एकजना पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) पारसका साथमा हुन्छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार