होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : साउन २४ ।कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो। राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध नदीले भत्काएपछि शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा […]
धनगढी : २४ साउन । प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४ लाख २० हजार नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो। […]
धनगढी : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँ गएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्हरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ […]
धनगढी : जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएकोछ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो। दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट बञ्चित गरायो। आज फेरि नेपाली सेनाले […]
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरसविरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ।कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गरेका छन्। उनले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताएका छन्। जागिरबाट निकालिएका कर्मचारीहरू को हुन् र उनीहरूको सिएनएनको कुन अफिसमा काम गर्थे भन्ने खुलाइएको […]
कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका […]
घुस लिन अस्वीकार गर्दै उल्टै घुस दिन खोज्नेलाई कानुनी दायरामा ल्याउने ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको भने अन्यलाई खादा ओढाएर […]
कैलाली । दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।छानबिन न टोली बिहीबार पैदल हिंडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले नेपालतर्फ पनि आएर […]
‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन कसले भन्छ योद्धाको जित हुँदैन एकदुई मार हुन सक्छ तर, मुटु इस्पात बन्छ’ पूर्ण घर्तीको शब्द रचना र मोहित विद्रोहीको आवाज तथा संगीतमा रहेको यो क्रान्तिकारी गीतले जनयुद्धको झल्को दिन्छ । शान्ति प्रक्रियापछि यस्ता खालका गीतहरु बिरलै सुनिन्छन् । बिहीबार हुम्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने ताजाकोटको छप्रेलामा यो र […]
२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको […]
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिटको पेशी साउन २५ गतेलाई […]
२२ साउन, काठमाडौं । भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो […]
२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ । […]
शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ । सरकारले आफ्नो प्राथमिकतामा कोरोना नियन्त्रणलाई राखेको छ । यसका अतिरिक्त संविधान संशोधन, प्रशासनिक सुधार एवं आर्थिक सामाजिक एजेन्डाहरुका […]
काठमाडौ, साउन २२ । नुवाकोटकी २८ वर्षकी सोमिका तामाङले एकै पटक ५ वटा शिशुलाई जन्म दिएकी छन्।तामाङले चार जीवित र एक जना मृत शिशुलाई जन्म दिएकी हुन् । उनी थापाथलीस्थित परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत सुत्केरी भएकी हुन। मृतक शिशु छोरा हुन् भने अन्य चार जना छोरी रहेका छन् । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीलेका […]
२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ […]
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि […]
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता […]
२१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०१२ रहेको छ भने ३७ जनाको मृत्यु […]