होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी
समाचार

सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी

  • नागरिक रैबार
सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटमा आज पेसी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ। जेठ १४ मा मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा ११ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गरेका थिए। ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना मात्रै सांसद छन्। नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारवाहीमा परेपछि सांसद पदमुक्त भएका थिए।

 

तर, संविधान विपरित मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै अदालतमा रिट दायर भएको थियो। प्रदेश सरकार विस्तार गर्दा संवैधानिक प्रावधान मिचिएको भन्दै जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकारले सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए।

विज्ञापन

 

यसअघि निवेदकको मागबमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? भनेर सोधिएकोमा सर्वोच्च अदालतलाई मुख्यमन्त्री भट्टसहित १३ जनाले जवाफ पेस गरिसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार