होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !
समाचार

सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !

ठेकेदार सांसदले भने – आश्चर्य नमानौँ माननीयज्यू

  • नागरिक रैबार
सडक विभागले हावाले पक्की पुल उडाएको सुनाएपछि सांसदहरू आश्चर्यचकित !

सडक विभागका पदाधिकारीहरूले बन्दा बन्दैको पक्की पुल हावाले उडाएको बताएपछि सांसदहरूले आश्चर्य व्यक्त गरेका छन् । आइतबार संसद्को विकास तथा प्रविधि समितिमा वर्षाले क्षति पुर्‍याएको सडक पुल र कमला नदीको पुलमा भएको क्षतिबारे भएको छलफलमा सडक विभागको कुरा सुनेपछि उनीहरूले आश्चर्य व्यक्त गरेका हुन् ।

छलफलमा सडक विभाग पदाधिकारीले क्षतिग्रस्त पुल तथा सडकको बारेमा जानकारी गराएका थिए । उनीहरूले पृथ्वी राजमार्ग जोड्ने पुल हावाले उडाएको जानकारी गराएका थिए । सांसदहरू कमला रोका र मिनाक्षी झाले पक्की पुल कसरी हावाले उडाउँछ भन्दै प्रश्न गरे ।

सांसद कमला रोकाले असारे विकासका रूपमा कमसल काम गरेका कारण सडक पूर्वाधारमा क्षति हुने गरेको उल्लेख गरिन् । उनले हावाले पुल उडाएको त्यो कस्तो खालको पुल हो भन्दै आश्चर्य व्यक्त गरिन् । उनले कमला नदीमा भत्किएको पुलको कारण पत्ता लगाएर दोषीमाथि कारबाही गर्न माग गरिन् । यस्तै सांसद मिनाक्षी झाले पनि हावाले पुल कसरी उडायो भन्दै आश्चर्य व्यक्त गरिन् ।

विज्ञापन

निर्माण व्यवसायी समेत रहेका अर्का सांसद बहादुरसिंह लामाले भने हावाले पुल उडाउने कुरा सुनेर आश्चर्य नमान्न आग्रह गरे । उनी अगाडि बोलेका सांसदले सडक विभागका कर्मचारीलाई प्रश्न गरे पछि सांसद लामाले नै त्यसको जवाफ दिएका थिए । उनले निर्माणाधीन पुलमा नट बल्टु पूर्ण रूपमा कसिएको नहुने तथा बेरिङ बलियो नहुने लगायत प्राविधिक कारणले बन्दाबन्दैको पक्की पुल सानो बल प्रयोग हुँदा भत्किने जवाफ दिए ।

सडक विभागका अनुसार यो वर्ष मनसुनी वर्षाका कारण २ अर्ब १६ करोड हाराहारी सडक पुल पूर्वाधारमा क्षति भएको छ । यस्तै यो वर्ष २४ पक्की पुल बाढी पहिरोबाट क्षति भएको र ९ वटा पुल नदीले बगाएको विभागले समितिलाई जानकारी गराएको छ । मेलम्चीमा मात्रै ५ वटा पुल बगाएको छ ।

यो वर्ष मनसुनबाट आएको बाढी पहिरोबाट देशभरका राजमार्गमा १ सय ५३ स्थानमा सडक अवरुद्ध भएको छ । १ अर्ब ८० करोड रुपैयाँ हाराहारी अरनिको राजमार्गमा मात्रै क्षति भएको सडक विभागको भनाइ छ ।

अरनिको राजमार्गमा ठाउँ ठाउँमा सडक कटान भएकाले सडक मर्मत चुनौती रहेको विभागको भनाई छ । बझाङमा अवरुद्ध भएको सडक खोल्ने काम गरेको र लमजुङ बेसीशहरदेखि मनाङको चामेसम्मको सडक खुलाउने काम भएको सडक विभागको भनाई छ । चामे सडकमा ५ वटा काठे पुल बगाएको र स्थानीयलाई अस्थायी पुल बनाउन दिइएको छ । सो क्षेत्रमा ६५ किमी सडक मध्ये अब १३ किमी सडक बनाउन बाँकी रहेको र दशैअघि सम्पन्न हुने सडक विभागको भनाइ छ । साँफेबगर मार्तडी सडकमा २/३ किमी सडक पहिरो गएकोले तत्काल सडक मर्मत गर्न सम्भव नभएको विभागको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार