होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दार्चुलावासी भन्छन्, ‘भो अब काठमाडौँको राष्ट्रवाद चाहिदैन’
समाचार

दार्चुलावासी भन्छन्, ‘भो अब काठमाडौँको राष्ट्रवाद चाहिदैन’

दार्चुलाको व्यास–२ मालघाटमा शुक्रबार तुइनसँगै महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएपछि मुचुल्का गर्दै प्रहरी

  • नागरिक रैबार
दार्चुलावासी भन्छन्, ‘भो अब काठमाडौँको राष्ट्रवाद चाहिदैन’

धनगढी शुक्रबारदेखि मिडियामा छ्यापछ्याप्ती प्रकाशित र प्रसारित गरिएको नाम। जसलाई मालघाटमा तुइन तार्ने काम गर्न थालेको २१ वर्ष भयो। तुइन तर्ने क्रममा जयसिंह धामीलाई महाकालीमा बगाइएपछि तिनै कल्याणको मनमा डर पसेको छ।
त्यो डर, फेरि तुइन चलउन पाइदैन र रोजीरोटी खोसियो भनेर होइन्। उनले त फेरि तुइन नचलाउने निधो नै गरिसके।

 

सीमावर्ती क्षेत्रमा कसरी बस्ने र भारत कसरी जाने भन्ने डर उनमा छ। कल्याणलाई उद्धृत गर्दै एसएसबीले तुइन काट्दा जयसिंह महाकालीमा बगेको समाचार छ्यापछ्याप्ती थियो। तर अहिलेसम्म स्थानीय प्रशासन र नेपाल सरकारले आधिकारिक धारणासमेत सार्वजनिक गर्न सकेको छैन। त्यसैले भारतीय सुरक्षाकर्मीको निशानामा परिन्छ कि भन्ने डर उनमा देखिन्छ।

विज्ञापन

 

‘नेपालमा न सडक छ न गोरेटो बाटो नै छ,’ उनले भने, ‘नुनतेल खरिद गर्न र आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि भारत पुग्नुपर्ने बाध्यता छ। मिडियाले मेरै नाम जोडेर भारतीय सुरक्षा बल एसएसबीको बारेमा समाचार बनाए। अब भोलिका दिनमा भारत जाने क्रममा निशानामा परिन्छ कि भन्ने डर छ।’

उनका अनुसार २१ वर्षसमम तुइन तार्ने क्रममा यस्तो घटना कहिल्यै भएको थिएन्। ‘जयसिंह पारि पुग्नै लागेका थिए। एक्कासी तुइनको तारसहित नदीमा खसे। सोही समयमा एसएसबी पनि देखिएका थिए। एसएसबीले तार खोलिदिएको हुनपर्छ। आफ्नो देशमा सडक भएको भए यसरी तुइन तर्ने क्रममा जयसिंह धामीका सपना महाकालीमा बग्ने थिएनन्।’ कल्याणसिंहले थपे।

जयसिंहका छिमेकी जनक धामी पनि अहिले तनावमा छन्। ‘तुइन तर्ने क्रममा भएको घटनाले अहिले देशभरी विरोध भइरहेको छ। भारतमाथि सबै खनिएका छन्,’ उनले भने, ‘तर हामीले दैनिकी चलाउनका लागि भारतकै भर पर्नुपर्छ। आफ्नै जिल्ला सदरमुकाम पुग्न पनि भारतकै बाटो प्रयोग गर्नुपर्छ। सीमावर्ती क्षेत्रका बासिन्दाको पीडा कसैले पनि बुझ्दैन्।’ उनले नेपाल सरकारकै कमजोरीका कारण सीमावर्ती क्षेत्रका बासिन्दा असुरक्षित भएको गुनासो गरे।

‘सीमा क्षेत्रका नेपालीले भारतीय सुरक्षाकर्मीको यातना सहनुपर्ने बाध्यता नयाँ होइन्,’ उनले भने, ‘अहिले तुइन खोलेरै मान्छे बगाइएको घटनाले सबै राष्ट्रवादी भएका छन्। तर त्यो घटनाको पछाडि नेपाल सरकार पनि जिम्मेवार छ। नेपालतर्फ न सडक बनाइएको छ न त पैदल हिड्ने बाटो छ। अब त काठमाडौँमा बसेर राष्ट्रवादका कुरा नगरेकै ठिक होला जस्तो लाग्छ।’

दार्चुलाका पत्रकार नरेन्द्रसिंह कार्कीलाई पनि काठमाडौँमा राष्ट्रवादका कुरा हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा थप पीडीत हुने चिन्ता छ। ‘जयसिंहको घटनाले अहिले व्यासका बासिन्दा ओक्रोसित पनि छन्,’ उनले भने, ‘तर दैनिक उपभोग्य सामाग्री खरिद गर्न र जिल्ला सदरमुकाम पुग्न भारत जानै पर्ने बाध्यता छ। त्यसैले उनीहरु निराश र डराएका पनि छन्।’

व्यासवासीका सपना दार्चुला–तिंकर सडकसंग जोडिएको छ। १३० किलोमिटर सडक निर्माण सुरु भएको १३ वर्षमा ४३ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ। यही गतिले निर्माण भएमा तिंकर जोड्न अझै २५ वर्ष लाग्नेछ। त्यो अवधिमा भारत भएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता कायमै हुने देखिन्छ। त्यसैले पनि होला जयसिंहका छिमेकी जनक धामीले टेलिफोनमा भन्दै थिए, ‘भो अब काठमाडौँको राष्ट्रवाद चाहिदैन। हाम्रा लागि सडक बनाइदिए पुग्छ। हामी भारत कहिल्यै जादैनौँ। दिनेशखबर बाट साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार