होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभाको १०औं अधिवेशनको पाँचौ बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नयाँ नारासहित अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर बृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। हाल सञ्चालनमा […]
सुदूरपश्चिम प्रदेश सरकारले २०७९ सालको सार्वजनिक बिदाको सूचना प्रकाशित गरेको छ। २०७८ चैत २२ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशन गरिएको सूचनाअनुसार तीन पर्वमा प्रदेशका सबै जिल्ला र अन्य तीन पर्वमा केही जिल्लामा गरी ६ दिन सार्वजनिक […]
काठमाडौं । नेपालमा यस वर्षको मनसुन सुरु गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार प्रदेश १ बाट मनसुन प्रणाली नेपाल प्रवेश गरेको छ । नेपालमा मनसुसन प्रवेश गर्ने मिति सरदरमा जुन १३ अर्थात जेठको अन्तिम भए पनि यस वर्ष करिब १० दिनअघि नै मनसुन प्रणाली नेपाल प्रवेश गरेको हो […]
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा […]
बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले चौथो पटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो । कठायतभन्दा अगाडि अटाएका तीन जना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । […]
काठमाडौं । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले […]
अछाम — अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका छन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । मृतक शाही एमाले […]
सरकारी सञ्चारमाध्यमका प्रमुखहरुले श्रमजीवी पत्रकार ऐनले गरेको व्यवस्थाअनुसार कार्यरत पत्रकारलाई सेवा सुविधा प्रदान गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । आज काठमाडौंमा भएको छलफलमा सरकारी सञ्चार माध्यमका प्रमुखहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । ऐन अनुसार न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको श्रमजीवी पत्रकारहरुको पारिश्रमिक कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले करार र […]
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-२ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् । महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको […]
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् । सचेतक भुसालले रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्य वृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले भने, ‘एक […]
, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ०८ […]
काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम […]
काठमाडौं। तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ ।आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो । दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको […]
मुगुमा कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गएका हुन् । उनीहरू सातु, माल सामान, खाजा बोकेर […]
१९ जेठ, काठमाडौ् । नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले काठमाडौंलाई बस्न योग्य राजधानी बनाउनुपर्ने बताएका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आ.व. २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । उनले काठमाडौं वासी नै प्रधानमन्त्री र महत्वपूर्ण मन्त्री हुनुपर्ने हो भन्दै प्रश्न गरे। उनले सरकारको ध्यान […]
१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताए । बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत […]
१९ जेठ, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार २५० […]
१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार एमआरआई गर्नुपर्ने दैनिक १५ देखि २० जना बिरामीलाई बाहिरका विभिन्न निजी मेडिकल कलेजहरूमा पठाउनुपर्ने अवस्था छ । ‘अस्पतालमा उपचारका […]
चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ । यति सानो उमेरको बच्चाको मुटुको शल्यक्रिया दुर्लभ भएको अस्पतालको भनाइ छ । चितवनकै नारायणी सामुदायिक अस्पतालमा तोकिदिएको मितिभन्दा अगाडि नै जन्मिएकी ती बालिकाको तौल जम्मा एक केजी मात्रै थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत भएपछि […]