होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कञ्चनपुर: जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जिसस प्रमुखमा कांग्रेसका दुर्गादत्त बोहोरा र उपप्रमुखमा पनि कांग्रेसकै रामकुमारी राना निर्विरोध निर्वाचित भएका हुन्। यहि जेठ ३० गते हुने जिसस निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रमुख र उपप्रमुखमा अन्य दलबाट उम्मेदवारी नपरेपछि बोहोरा […]
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बिहीबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ , मधेस प्रदेश, […]
बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको सञ्चार सेवा पुनःसञ्चालनमा आएको छ । अत्तरिया–डडेल्धुरा क्षेत्रमा अप्टिकल फाइबरमा समस्या आएपछि मङ्गलबारदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार धनगढीबाट प्राविधिक टोली आएर मर्मत गरेपछि सो सेवा पुनःसञ्चालन भएको हो । अप्टिकल फाइबरको समस्याका कारणले बेला बेलामा सुदूरपहाडको पहाडी […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् । बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे । ‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि समय […]
धनगढीः अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन्। सांसद बोगटीले ९ दिन पहिले १५ […]
जनता समाजवादी पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न […]
धनगढी: सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाले बताए। मङ्गलवार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन […]
दार्चुला । दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ । घर नजिकैको खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले जानकारी दिए । घटनाको अनुसन्धानको लागि प्रहरी चौकी […]
काठमाडौँ — सामुदायिक विद्यालयको पुस्तक उत्पादन र बिक्रीवितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको केन्द्रीय डिपो भक्तपुर सानोठिमीमै पाठ्यपुस्तकको अभाव देखिएको छ । केन्द्रीय डिपोसहित सबै प्रदेशका ९ वटै डिपोमा मागअनुसार पुस्तक पुग्न सकेको छैन । सबैभन्दा बढी अभाव कक्षा ५, ६ र ८ का पुस्तकको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका जनक शिक्षा प्रतिनिधि नारायण […]
सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ । […]
अछाम: अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिनसम्म पनि उठ्न सकेको छैन। पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्। […]
परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् । यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताए । उनका अनुसार यादवको साथबाट […]
मुगु । जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् । आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो । बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा […]
सप्तरी । सप्तरीमा माइक्रो बस पल्टिँदा एक बृद्धाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजविराज–रुपनी सडक खण्ड अन्तर्गत रुपनी गाउँपलिका–५ स्थित बसबिट्टी भन्ने ठाउँमा मंगलबार बिहान भएको दुर्घटनामा रुपनी गाउँपालिका–१ रायपुर बस्ने ६५ बर्षीया तारावती देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफलेले जानकारी दिए । दुर्घटनामा […]
अछाम‚ काठमाडौं‚ वीरेन्द्रनगर — मुगुको छायानाथ रारा नगरपालिकाकी २२ वर्षीया मैनसरा विकले १८ वर्षको उमेरमा विवाह गरिन् । ६ महिनापछि गर्भ रह्यो । न उनले स्वास्थ्यको ख्याल गरिन् न परिवारले नै चासो दिए । सामान्य अवस्थामा जस्तै उनले आफूले सक्नेजति काम गरिरहिन् । अन्ततः उनको बच्चा ३ महिनामै खेर गयो । त्यति हुँदाहुँदै पनि मैनसराको शरीरले पोसिलो आहारा पाएन । त्यसपछिका […]
सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् । आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि […]
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) पार्टीले विद्यार्थी विशेष जिल्ला कमिटी निर्माण गरेको छ ।समाजवादीले अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीको अध्यक्षतामा ३३ सदस्यीय विशेष जिल्ला कमिटी गठन गरेको हो । कमिटीको सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि.सी., अनु आँकुरा, प्रदीप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, […]
काठमाडौं । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारमा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु छिन् । अन्य चार जना स्थानीय घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् […]
नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरूमा वर्षा भइरहेको छ । सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा […]