होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चार दिनदेखि बेपत्ता बालिकाको शव भेटियो
समाचार

चार दिनदेखि बेपत्ता बालिकाको शव भेटियो

  • नागरिक रैबार
चार दिनदेखि बेपत्ता बालिकाको शव भेटियो

सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् ।

आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि प्रहरीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले शव घरदेखि झण्डै एक सय मिटर दुरीमा मंगलबार बिहान फेला परेको जानकारी दिए ।

घटनाबारे अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार