होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवलपरासी पश्चिम अदालतमा गोली चलाएको आरोपमा एकजना पक्राउ
समाचार

नवलपरासी पश्चिम अदालतमा गोली चलाएको आरोपमा एकजना पक्राउ

  • नागरिक रैबार
नवलपरासी पश्चिम अदालतमा गोली चलाएको आरोपमा एकजना पक्राउ

परासी । जिल्ला अदालत, नवलपरासी पश्चिम परिसरमा गोली चलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४, मंगलापुरका २८ वर्षीय हंशराज यादव छन् ।

यादवलाई मंगलबार दिउँसो २ बजे सुनवल नगरपालिका–९, बनकट्टीस्थित एकजना आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, नवलपरासी पश्चिमका प्रमुख एसपी ऋषिराम कँडेलले अनलाइनखबरलाई बताए ।

उनका अनुसार यादवको साथबाट ७.६५ एमएमको पेस्तोल, म्यागजिन र एक राउण्ड गोली पनि बरामद गरिएको छ ।

विज्ञापन

सोमबार दिउँसो साढे १ बजे अदालत परिसरमा यादवले काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेका थिए । एक राउण्ड फायर गरेर भागेका उनलाई ज्यान मार्ने उद्योग तथा हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा विस्तृत अनुसन्धान हुने बताइएको छ ।अदालतमा उनीहरुबीच अंश मुद्दा चलिरहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै