होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ मंसिर, काठमाडौं । इटालियन क्लब एसी मिलान पुरनागमन जितपछि युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह एच अन्तर्गतको खेलमा मिलानले सेल्टिकमाथि ४-२ को पुनरागमन जित हात पारेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मिलानले चार गोल फर्कायो । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिले […]
१६ मंसिर, काठमाडौं । चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनमा रहेको फुलहमसँग पराजित भएको छ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा फुलहमले लेस्टरलाई उसैको मैदानमा पराजित गरेको हो । लेस्टरको मैदानमा भएको खेलमा एडेमोला लुकमनले ३०औं मिनेटमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा एभान काभालेइरोले गोल गर्दै वेष्टहमको अग्रता दोब्बर पारे […]
१४ मंसिर, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा पुनरागमन जित हात पारेको छ । बायर्नले शनिबार राति भएको खेलमा भीएफबी स्टुटगार्टलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । टानगुए कुलिबेलीले २०औं मिनेटमा गोल गर्दै घरेलु टोली स्टुटगार्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ३८औं मिनेटमा बायर्नका […]
धनगढी : कैलालीको धनगढीमा नेपालमै पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज सुरु भएको छ । धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज शनिबार रातिदेखि सुरु भएको हो । अन्डर १६ प्रतिपर्धा अन्तरगत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलो पटक आयोजना भएको आयोजक क्लबका अध्यक्ष अन्नत बोहराको दाबी छ । शनिबार शिखर […]
पास्कर ग्रोसले इन्जुरी समयमा विवादस्पद पेनाल्टीबाट गोल गरेपछि लिभरपुल डिफेन्डिङ च्याम्पियन ब्राइटनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको छ । बराबरीका बावजुद लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । खेलमा ब्राइटनको यो दोस्रो पेनाल्टी थियो । यसअघि, पहिलो हाफमा पाएको पेनाल्टीलाई निल माउपेले खेर फालेका थिए । खेलको ६० औँ मिनेटमा डिओगो जोटाले लिभरपुललाई अग्रता […]
१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ? आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद । भैहालेको भए ? कम्तिमा सडकमा पुग्दैनथे । उसोभए कहाँ हुन्थे ? बा–आमाकै न्यानो काखमा हुन्थे कि ! तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका […]
१३ मंसिर, काठमाडौं । न्यूकासल युनाइटेडले यस सिजन प्रिमियर लिगमा चौथो जित हात पारेको छ । गएराति भएको लिगको एकमात्र खेलमा न्यूकासलले अन्तिम दुई मिनेटमा दुई गोल गर्लै क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको हो । जितपछि न्यूकासल १०औं स्थानमा उक्लेको छ । प्यालेसको मैदानमा भएको खेलमा ८८औं मिनेटसम्म खेलको गोलरहित बराबरी भएको थियो । […]
१३ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् यसको जानकारी दिएका हुन् । लामिछानेका अनुसार गत बुधबारदेखि उनलाई शरीर दुख्ने समस्या देखिएको थियो । तर अहिले स्वास्थ्यमा सुधार भइरहेको उनले जानकारी दिएका छन् । अहिले होम आइसोलेसनमा रहेको जानकारी दिँदै सन्दीपले लेखेका छन्, ‘यदि […]
१२ मंसिर, काठमाडौं । न्युजिल्याण्डले पहिलो टी२० मा वेष्टइन्डिजमाथि शानदार जित हात पारेको छ । अकल्याण्डमा शुक्रबार भएको खेलमा घरेलु टोली न्युजिल्याण्डले डीएल मेथडका आधारमा वेष्टइन्डिजलाई ५ विकेटले पराजित गरेको हो । वर्षाले प्रभावित भएपछि खेल १६ ओभरमा घटाइएको थियो । जसमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले कप्तान काएरन पोलार्डको विष्फोटक ब्याटिङ […]
१२ मंसिर, काठमाडौं । इंग्लिस क्लबद्वय आर्सलन र लेस्टर सिटी युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् । यस्तै इटालियन क्लब रोमा र जर्मन क्लब होफेनहेइम पनि राउण्ड अफ ३२ मा पुगेका छन् । चारै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् । […]
११ मंसिर, काठमाडौं । अर्जेन्टिनाका पूर्व फुटबलर डिएगो म्याराडोनाको निधनमा अर्जेन्टिनाको सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । ६० वर्षीय म्याराडोनाको बुधबार मृत्यु भएको थियो । म्याराडोनाको पार्थिव शरीरलाई राष्ट्रपति कार्यालय कासा रोसारामा ल्याइएको छ । यहाँ तीन दिनसम्म मानिसहरुले उनलाई अन्तिम श्रद्धान्जली दिन सक्नेछन् । म्याराडोनाका साथी ओहवाल्दो अर्बिलेसले म्याराडोनाले पाएको जति […]
११ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा स्पानिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो दुई खेलमा जित हात पार्न नसकेको रियलले इन्टरविरुद्ध लगातार दोस्रो जित हात पार्दै समूहमा दोस्रो जित हासिल गरेको हो । इन्टरको मैदानमा भएको खेलमा रियलका लागि […]
अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरिरहेका […]
९ मंसिर, काठमाडौं । बंगलादेशसंग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बंगलादेशबाट फर्किएपछि सोमबार खेलाडीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र सबै २५ खेलाडीको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपाली फुटबल टिम गत बिहीबार बंगलादेशबाट […]
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ । गएराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । वुल्भ्स् भने १४ […]
८ मंसिर, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि इटालियन सिरी ए मा एसी मिलानले नापोलीमाथि उसैको मैदानमा शानदार जित हात पारेको छ । भेट्रान खेलाडी इब्राहिमोभिच चम्किँदा मिलानले १० खेलाडीमा झरेर खेल अन्त्य गरेको नापोलीलाई ३-१ ले पराजित गरेको हो । २०औं मिनेटमा इब्राहिमोभिचले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ५४औं मिनेटमा इब्राहिमोभिचले […]
२९ कात्तिक, काठमाडौं । रोवर्टो फिर्मिनोको एक मात्र गोल मद्दतमा ब्राजिलले फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित हात पारेको छ । नेमार फिलिप काउटिन्हो जस्ता खेलाडीबिनै मैदान उत्रेको ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा भेनेजुएलालाई १-० ले पराजित गरेको हो । पहिलो हाफमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको […]
२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ । कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका […]
अनिल शाही/बाजुरा२७ कार्तिक।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटमा बुधबारदेखि खुला फुटवल प्रतियोगिता सञ्चालन भएको छ । रोयल युनिटि युथ क्लवको आयोजनामा सम्भुसुनन्दा मावि जुकोटको चौघानचौरको खेलमैदानमा सो प्रतियोगिता सञ्चालन भएको हो । स्वास्थ्यका लागि खेलकुद र राष्टका लागि खेलकुद भन्ने मुलनाराका साथ सञ्चालन भएको प्रतियोगिताको नेकपाका नेता तथा पुर्व सांसद हिक्मतजगं शाहीले एक […]
२७ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले एन्डोरामाथि शानदार जित हात पारेको छ । गएराति भएको खेलमा पोर्चुगलले एन्डोरालाई ७-० को फराकिलो अन्तरले हरायो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्ने लयलाई कायम राख्दा पोर्चुगलका लागि ५ फरक खेलाडीले गोल गरे । पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा पाँच गोल थपेको […]