होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्सकाे खेल बराबरीमा
खेलकुद

इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्सकाे खेल बराबरीमा

  • नागरिक रैबार
इङ्ग्लिस प्रिमियर लिग : साउथह्याम्टन र वुल्भ्सकाे खेल बराबरीमा

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले वुल्भ्ससँग बराबरी खेलेको छ ।

गएराति भएको खेलमा साउथह्याम्टनका जेम्स् वाल्कटले ५८ औँ मिनेटमा गोल गर्दै खेललाई अग्रता दिलाए । खेलको ७५ औँ मिनेटमा वुल्भस्का नोरबर्टो मुररा नेटोले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । बराबरीपछि पाँचौँ स्थानको साउथह्याप्टनको ९ खेलबाट १७ अंक भएको छ । वुल्भ्स् भने १४ अंकसहित नवौँ स्थानमा छ ।

यस्तै, गएराति भएकै अर्को खेलमा बर्नलीसँग क्रिस्टल प्यालेस पराजित भएको छ । बर्नलीले क्रिस्टललाई एक शून्य गोल अन्तरले हराएको हो । खेलको आठौं मिनेटमा बर्नलीका क्रिस उडले गरेको गोल नै उसका लागि निर्णायक गोल बन्योे । जारी लिगमा बर्नलीको यो पहिलो जित हो । बर्नली ८ खेलमा ५ अंक जोडेर १७ औं स्थानमा रहेको छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार