होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • अर्जेन्टिनी फुटबल लेजेन्ड म्यारोडोनाको निधन
स्वास्थ्य-जीवनशैली

अर्जेन्टिनी फुटबल लेजेन्ड म्यारोडोनाको निधन

  • नागरिक रैबार
अर्जेन्टिनी फुटबल लेजेन्ड म्यारोडोनाको निधन

अर्जेन्टिनाका महान फुटबल खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।

सन् १९८६ को विश्वकप अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्दा उनी प्रमुख खेलाडी थिए । म्याराडोनाका प्रवक्ता सेबास्टियन सान्चीले म्याराडोनाको हृदयघातका कारण बुधबार निधन भएको जानकारी दिए । ब्युनस आयर्सको एक अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिसकेपछि दुई हप्ता पहिले डिस्चार्ज भएर घरमै आराम गरिरहेका थिए ।

अर्जेन्टिनाका राष्ट्रपतिको कार्यालयले म्याराडोनाको निधनमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिने जनाएको छ । अर्जेन्टिनी फुटबल संघले म्याराडोनाको निधनप्रति सामाजिक संजाल ट्वीटर मार्फत गहिरो दुःख व्यक्त गरेको छ । सन् १९८६ विश्वकप फुटबलमा म्याराडोनाले इङल्यान्ड विरुद्धको फाइनल खेलमा टाउकाले बल हान्नेक्रममा बलले हातलाई छोएको थियो, तर त्यही हातले छोएर भएको गोल सदर भयो । त्यही कारण उनको त्यो गोल गर्ने हातलाई “ह्यान्ड अफ गड” भनिन्छ ।

विज्ञापन

अर्जेन्टिनाका राष्ट्रपति अल्फ्रेडो फर्नान्डेजले म्याराडोनाले अर्जेन्टिनालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै म्याराडोनाले अर्जेन्टिनीलाई अति खुशी तुल्याउन अतुलनीय योगदान गरेको बताएका छन् । लागूऔषध सेवनको कूलतमा फसेका कारण ठूलो मानसिक, सामाजिक क्षति व्यहोर्नु परे पनि आफ्नो जीवनकालमा म्याराडोनाले धेरै पदक र पुरस्कार प्राप्त गरेका छन् । –एपी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार