होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बायर्नको पुनरागमन जित, डर्टमण्ड घरमै पराजित
खेलकुद

बायर्नको पुनरागमन जित, डर्टमण्ड घरमै पराजित

  • नागरिक रैबार
बायर्नको पुनरागमन जित, डर्टमण्ड घरमै पराजित

१४ मंसिर, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा पुनरागमन जित हात पारेको छ । बायर्नले शनिबार राति भएको खेलमा भीएफबी स्टुटगार्टलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।

टानगुए कुलिबेलीले २०औं मिनेटमा गोल गर्दै घरेलु टोली स्टुटगार्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ३८औं मिनेटमा बायर्नका लागि किंग्सले कोमनले बराबरी गोल फर्काए । त्यसको एक मिनेटपछि नै स्टुटगार्टले फेरि अग्रता लिएको थियो । तर फिलिप फोएस्टरले गरेको गोललाई भिएआर रेफ्रीले मान्यता दिएन ।

 

विज्ञापन

पहिलो हाफको इन्जुरी टाइममा रोवर्टो लेवान्डोस्कीले गोल गरेपछि बायर्नले २-१ को अग्रता बनायो । ८७औं मिनेटमा डुगलास कोस्टाले गोल गर्दै बायर्नको जित पक्का गरे ।
जितपछि ९ खेलबाट २२ अंक जोड्दै बायर्न शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ११ अंक रहेको स्टुटगार्ट १०औं स्थानमा छ ।

बुण्डेसलिगाकै अर्को खेलमा बोरुसिया डर्टमण्ड घरेलु मैदानमै एफसी कोल्नसंग २-१ ले पराजित हादै तेस्रो स्थानमा झर्दा अर्निया बिलेफेल्डलाई २-१ ले पराजित गर्दै आरबी लाइपजिग दोस्रो स्थानमा उक्लेको छ ।

डर्टमण्डलाई उसैको मैदानमा पराजित गर्न कोल्नका लागि एल्से स्खिरीले दुवै गोल गरे । उनले नवौं र ६०औं मिनेटमा गोल गरे । डर्टमण्डका लागि थोर्गन हाजार्डले ७४औं मिनेटमा एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

उता लाइपजिगलाई जित दिलाउन एल्जेलिनोले २९औं र क्रिस्टोफर एनकुन्कुले ४७औं मिनेटमा गोल गरे । बिलेफेल्डका लागि फाबियन किओसले ७५औं मिनेटमा एक गोल फर्काए ।

जितपछि ९ खेलबाट २० अंक जोड्दै लाइपजिग दोस्रो स्थानमा उक्लेको छ भने समान खेलबाट १८ अंक रहेको डर्टमण्ड तेस्रोमा झरेको छ । एक खेल कम खेलेको बायर लेभरकुजन पनि १८ अंकसहित चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार