होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ पुस, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्ट्सले सिरी ए मा पार्मामाथि शानदार जित हात पार पारेको छ । गएराति भएको खेलमा युभेन्ट्सले पार्मालाई उसैको मैदानमा ४-० ले पराजित गरेको हो । रोनाल्डोले खेलको २६औं र ४८औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २३औं मिनेटमा डेजान कुलुस्भेक्सकीले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए […]
५ पुस, काठमाडौं । लिओनल मेसीले पेलेको कीर्तिमान बराबरी गरेको स्पानिस ला लिगाको खेलमा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेलेको छ । लिगअन्तर्गत शनिबार भएको खेलमा दुवै टोलीले एक-एक पटक अग्रता लिए पनि अन्त्यमा खेल २-२ को बराबरीमा सकियो । घरेलु मैदानमा बराबरी खेलेपछि बार्सिलोनाले यस सिजन सातौं पटक अंक गुमाएको छ । १३ खेल खेल्दा बार्सिलोनाले […]
४ पुस, काठमाडौं । बोरुसिया डर्टमण्डले यस सिजन जर्मन बुण्डेसलिगामा उतारचढावपूर्ण प्रदर्शन गरिरहेको छ । युउसोफा माउकोले बुण्डेसलिगामा गोल गर्ने कान्छो खेलाडीको कीर्तिमान बनाउँदा पछिल्लो खेलमा भने डर्टमण्ड युनियन बर्लिनसँग पराजित भएको छ । युनियनले घरेलु मैदानमा डर्टमण्डलाई २-१ ले पराजित गरेको हो । खेलको पहिलो हाफमा गोलरहित बने पनि ताइवो आवोनियीले ५७औं मिनेटमा गोल […]
रोबर्ट लेवान्डोस्की फिफा वर्ष खेलाडी २०२० घोषित भएका छन् । गत सिजन उनले जर्मन क्लब बार्यन म्युनिखलाई च्याम्पियन्स लिगसहित प्रमुख तीन उपाधि जिताउने क्रममा ४७ खेल खेल्दै ५५ गोल गरेका थिए । जर्मन बुुन्डेस लिगाबाट खेल्ने खेलाडी फिफा वर्ष खेलाडी घोषित भएको यो पहिलो अवसर हो । बिहीबार भर्चुुअल्ली आयोजना गरिएको अवार्ड समारोहमा फिफा अध्यक्ष […]
एजेन्सी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्ड पेनाल्टीमा चुक्दा सिरि ए फुटबलमा युभेन्ट्सले एटलान्टासंग १–१ गोलको बराबरीमा रोकिएको छ ।बुधबार राति घरेलु मैदानमा रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले बराबरी खेल्दै अंक बाँढ्न परेको हो । युभेन्ट्सले सिरि ए फुटबलको यस सिजनका १२ खेल मध्य ६ खेलमा बराबरी खेलेको छ । फेडरिको चियासाले साविक विजेता युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका […]
२ पुस, काठमाडौं । जाफ्ना स्टालियन्सले श्रीलंकामा आयोजना भएको पहिलो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) ६२० फ्रेन्चाइज क्रिकेटको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा सोएब मल्लिकको अलारउण्ड प्रदर्शनमा जाफ्नाले गाल्ले ग्लाडिएटर्सलाई ५३ रनले पराजित गरेको हो । हमबानटोटास्थित महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जाफ्नाले निर्धारित […]
१ पुस, काठमाडौं । करिम बन्जाको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै शीर्ष स्थानको यल सोसिडाड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियलले दश खेलाडीको विल्वाओलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको हो । सान्टियागो बर्नाबेउमा भएको खेलको १३औं मिनेटमा राउल […]
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टी २० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो।आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै […]
२९ मंसिर, काठमाडौं । बार्सिलोना र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् । सोमबार सार्वजजिक अन्तिम १६ को ड्रमा बार्सिलोनाले पीएसजी प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना समूह जीको उपविजेता हो भने पीएसजी समूह एचको बिजेता हो । साविकको विजेता बार्यन म्युनिखले लाजिओ, लिभरपुलले लाइपजिग, म्यानचेष्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाख, चेल्सीले […]
२९ मंसिर, काठमाडौं । फ्रेन्च लिगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एकै पटक तेहोरो झड्का लागेको छ । लिग वानमा गएराति लियोनसँग १-० ले पराजित भएको पीएसजी अंक तालिका दुई स्थान तल झर्यो । यस्तै स्टार खेलाडी नेमार पनि यही खेलको अन्तिम समयमा घाइते भए । जितपछि लियोन दोस्रो स्थानमा उक्लेको छ । अर्को […]
काठमाडौँ — नेपाली राष्ट्रिय टिमको विश्वकप–२०२२ छनोटको घरेलु मैदानमा हुने तीन खेलका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि तयारी सुरु भएको छ । पहिलो चरणमा बोलाइएका ५८ जनामध्ये ५४ खेलाडी पहिलो दिनको अभ्यासमा सहभागी भए । उनीहरूलाई २८ र २६ जनाको दुई समूह बनाएर ट्रेनिङ गराइएको थियो । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा गरेपछि कार्यवाहक प्रमुखको रूपमा बालगोपाल महर्जनसँगै […]
काठमाडौँ– मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने […]
२५ मंसिर, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् । अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । […]
काठमाडौँ,२५ मङ्सिर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ […]
बैतडी : प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको […]
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती […]
२१ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए । मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं […]
२१ मंसिर, काठमाडौं । जर्मन बुण्डेसलिगामा शीर्ष दुई टिम बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेका हुन् । बराबरीपछि बायर्न पहिलो र लाइपजिग दोस्रो स्थानमा यथावत नै छ । एलिएन्ज एरेनामा भएको खेलमा क्रिस्टोफर एनकुन्कुले १९औं मिनेटमा गोल गर्दै लाइपजिगलाई पहिले […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको बडीमालिका नगरपालिका ९ को रानिवन स्पोट्र्स क्लव डोटीमा भएको शैलेश्वरी जोरायल फुटवल कप प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिबार डोटीको जोरायलमा भएको सेमिफाईनल खेलमा आयोजक जोरायल स्पोट्र्स क्लवलाई पराजित गर्दै बाजुराको रानिवन स्पोट्र्स क्लव प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । शनिबार भएको सेमिफाईनल खेलमा रानिवन स्पोट्र्स युथ क्लव बाजुरा […]
२० मंसिर, काठमाडौं । इटालियन क्लब नापोलीले आफ्नो स्टेडियमको नाम क्लब लेजेण्ड डिएगो म्याराडोनाको नामबाट राखेको छ । नापोलीले केही दिनअघि निधन भएको म्याराडोनाको सम्मानमा स्टेडियममको नाम परिवर्तन गरेको हो । अर्जेन्टिनाका पूर्व अट्याकिङ मिडफिल्डर कप्तान तथा प्रशिक्षक म्याराडोनाको निधन ६० वर्षको उमेरमा नोभेम्बर २५ मा भएको हो । उनले नापोलीलाई सन् १९८७ र १९९० […]