होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • हाजार्डको पेनाल्टी र उपहार गोलबाट रियल मड्रिड विजयी
खेलकुद

हाजार्डको पेनाल्टी र उपहार गोलबाट रियल मड्रिड विजयी

  • नागरिक रैबार
हाजार्डको पेनाल्टी र उपहार गोलबाट रियल मड्रिड विजयी

११ मंसिर, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह बी को खेलमा स्पानिस क्लब रियल मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको छ । पहिलो दुई खेलमा जित हात पार्न नसकेको रियलले इन्टरविरुद्ध लगातार दोस्रो जित हात पार्दै समूहमा दोस्रो जित हासिल गरेको हो ।

इन्टरको मैदानमा भएको खेलमा रियलका लागि एडेन हाजार्डले एक गोल गरे भने अर्को गोल उपहार पाएको थियो । घरेलु मैदानमा इन्टर भने अभागी सावित भयो ।

 

विज्ञापन

इन्टरले एक गोल आत्मघाती गर्दा अर्को गोल पेनाल्टीमा व्यहोरेको थियो । यस्तै एक खेलाडी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

खेलको सातौ मिनेटमै एडेन हाजार्डले पेनाल्टीमा गोल गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इन्टरका निकोलो बारेलाले नाचो फर्नान्डेजलाई फाउल गरेपछि रियलले पेनाल्टी पाएको थियो ।

३३औं मिनेटमा अर्टुरो भिदाल रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि इन्टर १० खेलाडीमा झर्‍यो ।

५९औं मिनेटमा रियलकै पूर्व खेलाडी अच्रफ हाकिमीले आत्मघाती गोल गरेपछि रियलले अग्रता दोब्बर पारेको थियो ।

जितपछि रियल ४ खेलबाट ७ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट ८ अंक जोडेको जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाक शीर्ष स्थानमा छ । इन्टर भने २ अंकसहित चौथो स्थानमा छ ।

मोन्चेनग्लाडबाकले युक्रेनी क्लब साख्तर डोनेस्कलाई ४-० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । घरेलु मैदानमा भएको खेलमा मोन्चेनग्लाडबाकका लागि पहिलो हाफमा लागिलार्ड स्टिन्डलले १७औं, निको एलभेदीले ३४औं र ब्रिल एम्बोले पिहलो हाफको इन्जुरी टाइममा गोल गरे । यस्तै ७७औं मिनेटमा ओस्कार वेन्डले टिमको लागि चौथो गोल गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार