होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रोनाल्डोले फर्गुसनप्रति समर्पित गरे आफ्नो पुनरागमन
खेलकुद

रोनाल्डोले फर्गुसनप्रति समर्पित गरे आफ्नो पुनरागमन

  • नागरिक रैबार
रोनाल्डोले फर्गुसनप्रति समर्पित गरे आफ्नो पुनरागमन

क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लब फर्कने निर्णय पूर्व प्रशिक्षक एलेक्स फर्गुसनप्रति समर्पित गरेका छन् । उनले भने, ‘जहाँको हुँ, त्यहीँ फर्केको छु । ​युनाइटेडले १ करोड ५० लाख युरो खर्चेर युभेन्टसबाट रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । उनी एक दशकअघि युनाइटेडबाटै रियल म्याड्रिड गएका थिए ।

३६ वर्षका रोनाल्डोले दुई वर्षको सम्झौता गरेका छन्, यसमा एक वर्ष थप्न सकिने विकल्प पनि छ छ। ‘जसले मलाई चिनेका छन् । उनीहरू युनाइटेडसँगको कहिल्यै नसकिने मेरो प्रेमबारे पनि जानकार छन्,’ रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्,‘यो क्लबमा मैले बिताएका वर्षहरु साँच्चै रमाइला छन् र यो महान् संस्थाको इतिहासमा हामीले मिलेर बनाएको बाटो स्वर्ण अक्षरले लेखिएको छ । मेरो भावनालाई अहिल्यै म वर्णन गर्न सक्दिन । जब ओल्ड ट्राफोडमा म फर्किएको घोषणा विश्वव्यापी भएको छ ।’

उनले आफ्नो सपना साकार भएको बताएका छन् । ‘यो सपना साकार भएजस्तो हो । जब म अन्य क्लबका तर्फबाट म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्थेँ । त्यति बेला पनि मैले समर्थकहरुबाट ठूलो माया र सम्मान महसुस गरेको थिएँ ।’

विज्ञापन

रोनाल्डोले भने,‘म यहाँ छु । जहाँको हुँ, त्यही फर्किएको छु । यो फेरि एकपटक हो । सर एलेक्स फर्गुसन यो तपाईका लागि हो ।’

रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेल्दा सर एलेक्स फर्गुसन प्रशिक्षक थिए । रोनाल्डोले यसक्रममा २ सय ९२ खेल खेल्दै १सय १८ गोल गरे ।

रोनाल्डोले अघिल्लोपटक युनाइटेडबाट खेल्दा ७ नम्बरको जर्सी लगाउने गरेका थिए । अहिले यो जर्सी एडिन्सन काभानीले लगाइरहेका छन् । काभानीले यो जर्सी रोनाल्डोलाई नै फिर्ता गर्ने इच्छा देखाएका थिए । तर प्रिमियर लिगको नियमअनुसार अति विशेष परिस्थितिबाहेक सिजन चलिरहँदा एउटा खेलाडीले लगाएको जर्सी अर्कोले लगाउन पाउँदैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार