होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य
खेलकुद

हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य

  • नागरिक रैबार
हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य

नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे ।

जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्लेयर अफ द म्याच ट्रफी यसमा समावेश छ । नेपाली फुटबल इतिहासमा समर्थकहरूको संस्थाले एन्फालाई यसरी प्रायोजन गरेको यो पहिलोपटक हो ।

विज्ञापन

यसअघि एन्फाका कार्यक्रममा प्रायः कर्पोरेट हाउसले नै प्रायोजन गर्ने गरेका थिए । हाम्रो नेपाली फुटबल क्लबका अध्यक्ष गुरुङले भविष्यमा पनि एन्फासँग यस्तै सहकार्य गर्ने बृहत्तर लक्ष्य रहेको बताए । त्यस्तै, एन्फा महासचिव तुलाधरले समर्थकहरूको संस्थासँग जोडिन पाउनु गौरवलाग्दो विषय रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार