होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो
खेलकुद

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

  • नागरिक रैबार
म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडले शुक्रबार क्रिस्टियानो रोनाल्डोलाई युभेन्ट्सबाट भित्र्याउन सफल भएको घोषणा गरेको छ । ओल्ड ट्राफोर्ड छाडेर रिएल म्याड्रिड गएको १२ वर्षपछि पोर्चुगिज स्टार रोनाल्डो पुनः युनाइटेड फर्किएका हुन् ।

‘युभेन्ट्ससँग क्रिस्टियानो रोनाल्डोलाई सम्झौता गराउन सफल भएको पुष्टि गराउन पाउँदा म्यानचेस्टर युनाइटेड निकै खुसी छ । व्यक्तिगत सर्तहरू, भिसा र मेडिकललगायतका प्रक्रिया पूरा हुन बाँकी छ,’ युनाइटेडले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्न क्लबका सबै प्रतीक्षारत छन् ।’

 

विज्ञापन

२४ घण्टाअगाडि मात्र युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले रोनाल्डोलाई भित्र्याउने पक्काजस्तै भइसकेको थियो । त्यसयता रोनाल्डोलाई लिन युनाइटेड लिन लागिपरेको हो । इंग्ल्यान्डका कप्तान ह्यारी केनलाई लिन असफल रहेपछि सिटी रोनाल्डोलाई भित्र्याउने कसरतमा थियो । तर, शुक्रबारको पत्रकार सम्मेलनमा युनाइटेड व्यवस्थापक ओले गनर सोल्सायरले रोनाल्डो यस क्लबको अहिलेसम्मकै उत्कृष्ट खेलाडी भएको बताउँदै उनको आगमनको संकेत गरेका थिए ।

सन् २००३ देखि २००९ सम्म खेल्नेक्रममा रोनाल्डोले युनाइटेडलाई तीन प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि दिलाउन विशेष भूमिका खेलेका थिए । त्यसक्रममा उनले २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । इटालियन सञ्चारमाध्यममा जनाइएअनुसार युनाइटेडले रोनाल्डोलाई २ करोड ८० लाख युरोमा किनेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार