होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • रियलद्वारा फ्रेन्च युवा खेलाडी अनुबन्ध
खेलकुद

रियलद्वारा फ्रेन्च युवा खेलाडी अनुबन्ध

  • नागरिक रैबार
रियलद्वारा फ्रेन्च युवा खेलाडी अनुबन्ध

स्पेनिस महारथी रियल म्याड्रिडले निकै आशा गरिएका फ्रान्सका युवा मिडफिल्डर एडवार्डो कामाभिङ्गालाई रेनेसबाट ६ वर्षका लागि अनुबन्ध गरेको छ । १८ वर्षीय खेलाडीसँग फ्रेन्च क्लबबीचको करार अर्को वर्ष सकिँदै थियो । लिग वान क्लबले उनलाई सित्तै जान दिन चाहेको थिएन ।

सन् २०१९ मा कामाभिङ्गा रेनेसका लागि डेब्यू गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए । उनी त्यतिबेला मात्र १६ वर्ष र ४ महिना उमेरका थिए । त्यसपछि उनले आफूलाई पहिलो रोजाइको खेलाडीमा स्थापित गर्दै दुई सिजनमा लिगका ६० खेल खेले ।

सन् २०२० को सेप्टेम्बरमा क्रोएसियाविरुद्धको नेसन्स लिग अन्तरगतको खेलमा फ्रान्सका लागि डेब्यू गरे । सन् १९१४ पछि फ्रान्सका लागि खेल्ने उनी सबैभन्दा कान्छो खेलाडी बने । एक महिनापछि युक्रेनविरुद्ध ७–१ को जित निकाल्दा उनले फ्रान्सका लागि पहिलो गोल पनि गरे । सन् २०२० को यूरोका लागि भने उनी छनोट भएनन् ।

विज्ञापन

कामाभिङ्गा यो सिजन रियलले अनुबन्ध गरेको दोस्रो खेलाडी हुन् । यसअघि रियलले अस्ट्रियाका डिफेन्डर डेभिड अलाबालाई बायर्न म्युनिखबाट अनुबन्ध गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार