होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । […]
२१ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै […]
काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज मलेसियाविरुद्ध खेल्दैछ । मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको मलेसियालाई हराउँदै लिगमा अपराजित रहने लक्ष्यमा छ । आज नेपालको प्लेइङ ११ मा कुसल भुर्तेल, आशिफ सेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, मोहम्मद अदिल […]
दोहा — चार पटकको विजेता जर्मनी र सन् २०१० को विजेता स्पेन यसै वर्ष हुने विश्वकप फुटबलको एकै समूहमा परेका छन् । समूह ‘ई’ मा अर्को टोली जापान छ भने एक टोलीको निर्क्योल हुन बाँकी छ । शुक्रबार २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको थियो । जर्मनी, स्पेन र जापान समावेश […]
धनगढीः ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ। धनगढीमा रहेको निजि क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपिए० ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड रहने भएको छ। देशकै सर्वाधिक धनराशीको एसपिए कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको कलेजले खेलकुद क्षेत्रमा पनि अग्रसर हुदैं आएको छ। बर्षेनी एसपिए महिला […]
काठमाडौं । यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको लागि अफिसियल बल सार्वजनिक भएको छ ।विश्व प्रसिद्ध खेल सामाग्री उत्पादन कम्पनी एडिडासले विश्वकपमा खेलाइने अफिसियल बल सार्वजनिक गरेको हो । उक्त बललाई ‘अल रिहला’ नाम दिइएको छ । अल रिहलाको अर्थ ‘दी जर्नी’ अर्थात यात्रा भन्ने हुन्छ ।अल रिहलाले कतारको अद्वितीय वास्तुकला, ‘प्रतिष्ठित’ डुङ्गाहरू […]
काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल छनोट भएको हो । पोर्चुगललाई विश्वकपमा पुर्याउन ब्रुनो फर्नान्डेसको महत्वपूर्ण योगदान रह्यो । ३२औं मिनेटमा गोल गर्दै उनले खेलमा सुरुआती अग्रता दिलाएका थिए । उनले कप्तान कप्तान […]
काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो । पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे […]
काठमाडौं । आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट प्रक्रिया अन्तिमतिर पुगेको छ । विश्वभरबाट सहभागी हुने ३२ मध्ये २० टोलीको टुंगो लागेको छ । बाँकी १२ टोलीको टुंगो पनि अबको केही समयमै लाग्नेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा सबैको नजर छ । यसपल्ट पहिलोपटक जाडो समयमा विश्वकप आयोजना हुँदैछ । कतारले पनि […]
काठमाडौं । त्रिदेशिय टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १८४ रनको लक्ष्य दिएको छ ।कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको हो । आक्रमक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो […]
धनगढी: कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो । उपाधिसँगै आर्मीले नगद चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने पुलिसले दुई लाखमा चित्त बुझाएको छ । फाइनलमा आर्मीले पुलिसलाई ३–१ को सेटले […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई क्रिकेट) मा ५० विकेट पूरा गरेका छन् ।शनिबार कीर्तिपुरस्थित टीयू मैदानमा पपुवा न्युगिनीविरुद्ध १ विकेट लिएपछि सन्दीपले एकदिवशीय अन्तर्राष्ट्रियमा ५० विकेटको कोशेढुंगा पार गरेका हुन् । सन् २०१८ मा एकदिवशीय मान्यता पाएयता खेलेका २२ खेलमध्ये २१ इनिङ्समा सन्दीपले ५० विकेट पूरा गरेका […]
काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् । छनोट खेलको समूह ए मा नेपालसँगै […]
काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति दिएको छ । एन्फाले नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई एनएसएल आयोजनाका लागि स्वीकृति दिएको हो । एनएसइएमले २ चैतमा एन्फालाई पत्र लेख्दै एनएसएलका लागि २५ चैतदेखि १ जेठसम्मको मिति माग गरेको थियो […]
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। […]
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ । सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । यूएई […]
काठमाडौं । सिरो इम्मोबाइलले लाजियोका लागि सिरी ए मा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । सोमबार राति रेलिगेसन जोनमा संघर्षरत भेनेजियामाथि १–० को जितमा निर्णायक गोल गरेपछि लाजियो पाँचौं स्थानमा पुगेको छ ।टिमको कप्तानसमेत रहेका इम्मोबाइलले दोस्रो हाफको सुरुमै गरेको गोल अफसाइड भएको थियो । तर, ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी सिरी ए मा […]
काठमाडौं । करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन कायम राख्दै दुई गोल गरेपछि शीर्ष स्थानको रियल मड्रिडले स्पानिस ला लिगामा मालोर्कालाई ३-० ले पराजित गरेको छ ।सोमबार राति भएको खेलमा रियललाई सहज जित दिलाउन बेन्जेमाले दुई गोल गर्नुका साथै एक गोलका लागि असिस्ट गरे । पहिलो हाफको खेल बराबरीमा सकिए पनि बेन्जेमाको पासमा भिनिसियस जुनियरले ५५औं मिनेटमा […]
काठमाडौं । कोरोना महामारीको असर घट्दो क्रममा रहँदा घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन् । लामो समय प्रतियोगिताविहीन रहेका खेलाडीको व्यस्तता बढ्दैछ । माघ महिनाको अन्त्यतिर कोरोना महामारीको तेस्रो लहर कम हुन थालेपछि फागुनमा पनि खेलकुद चहलपहल थियो । चैतमा भने नेपाली खेलकुद धेरै नै व्यस्त हुँदैछ । एक हिसावले भन्ने हो भने […]