होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ कार्तिक। रेडियो बुढीनन्दामा कार्यरत पत्रकार मोहन कार्कीमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रेस विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ । नेपाल पत्रकार महाँसघ बाजुराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो बुढीनन्दामा कार्यरत कार्यरत पत्रकार कार्कीमाथिको हमलाको निन्दा गरेको हो ।महाँसंघले एक जना कलमजीवी पत्रकारमाथि साँघातिक हमला […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावत धनगढीबाट पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट वडा अध्यक्ष रावतलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ८८ हजार नगद सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ […]
काठमाडाैं। बलात्कार प्रयासको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई भाेलि, २८ असाेजमा अदालत उपस्थित गराइने भएको छ। प्रहरीले अनुसन्धानको पाटो सकेर म्याद थपका लागि महरालाई २८ असोजमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो। प्रहरीले उनलाई अस्पतालबाटै सोझै बबरमहलस्थित अदालत लग्ने छ। “भोलीदेखि अदालत खुल्ने भएकाले हामीले म्याद थपका लागि अदालत लैजान लागेका […]
धनगढी – बालीका बलात्कारको आरोपमा धनगढीमा एक किशोर पक्राउ परेका छन । उप–महानगरपालिका ४ की बालिका बलात्कार गरेको आरोपमा १४ बर्षीय किशोर पक्राउ परेका हुन् । बलात्कारको आरोप लागेका किशोरलाई उत्तरवेहडीबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए । बालिकाको सेती प्रादेशिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।
कैलाली – श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ भरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । साउन २१ गते कुटपिट भएको भएपनि प्रहरी २४ गते मात्रै प्रहरीलाई खवर गरिएको थियो । श्रीमानको कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका […]
विभिन्न फौजदारी अपराधको अभियोग लागेका सांसदको संख्या पाँच पुगेको छ। सुदूरपश्चिमका मात्रै दुई जना सासंद अपराधमा मुछिएका छन्। कैलाली निर्वाचन क्षेत्र नम्वर ५ बाट नेकपाका सांसद नारदमुनि राना रातो पासपोर्ट दुरुपयोग र राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपित हुन्। प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा, सांसद हरिनारायण रौनियार र प्रतिनिधिसभा सदस्य मोहम्मद अफताव […]
नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ […]
नागरिक रैबार/बाजुरा २५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराको सोधपुज कक्षको इमरजेन्सी १०० नम्बरमा फोन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको १०० नम्वरमा फोन गरि गालि गलोज गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौरका २० वर्षिया नबिन रावतलाई पक्राउ गरेको हो । असोज २० गतेका दिन रावतले […]
काठमाडौं- जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अनुमती दिएपछि आइतबार अपरान्ह उनी पक्राउ परेका छन् ।महानगरीय प्रहरी परीसर को एक टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पूर्जी जारी भएपछि महरालाई पक्राउ गर्न प्रहरीले माथिको आदेश कुरेर बसेको थियो । शुक्रबारदेखि नै प्रहरीको निगरानीमा रहेका महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर […]
नागरिक रैबार/बाजुरा १३असोज। सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं […]
हेटौंडा । प्रहरीले लागूऔषध गाँजा मुद्धाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय गौतम लामा रहेका छन् । शुक्रबार मकवानपुर मनहरी गाउँपािलका–३ घर भएका लामालाई मनहरी बजारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए । लामालाई गाँजा मुद्दामा जिल्ला अदालत पर्साले २०५७ साल कात्तिक […]
नागरिक रैबार/बाजुरा १० असोज। मदिरा सेवन गरि गाडी चलाउने एकजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार मार्तडीबाट नेपालगंजका लागि छुटेको ना ६ ख २०५९ नम्बरको भेरी यातायातका बसचालक विष्णु घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगतको राप्कामा प्रहरीले सवारी साधान चेकजाँच गर्ने क्रममा बसचालक घिमिरेलाई पक्राउ […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यस समिति बाजुराका सभापति कविराज पण्डितले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डिएसपी उद्धवसिंह भाटले बाजुरामा कानुन विपरित काम गरिरहेको आरोप लगाएका छन् । प्रेस युनियन जिल्ला शाखा बाजुराले विहिबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पण्डितले यस्तो आरोप लगाएका हुन् । बाजुरामा डिएसपी भाटले आस्था र […]
कैलाली /असोज २ । कैलालीमा लागु औषध कारोबारमा संलग्न दुई जना पक्राउ परेका छन्। उनीहरु लाई धनगढी उपमहानगरपालिका २ मिलन चोकबाट पक्राउ गरिएको हो। लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा पैदल हिडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका ३ बस्ने बर्ष १८ का निखिल बिष्ट र जिल्ला बैतडी दशरथचन्द नगरपालिका २ घर भई धनगढी उप-महानगरपालिका ३ बस्ने बर्ष १९ […]
नागरिक रैबार/बाजुरा २९ भदौ। शनिबार राति अनन्तेमेलामा मदिरा सेवनगरी प्रहरीमामाथि हातपात गर्ने पाँच जना कर्मचारीहरुलाई प्रहरीले मुद्धा दायर गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यलयले उभियुक्त पाँच जनाका नाममा सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दायर गरेको हो । बडीमालिका नगरपालिका ८ मा लाग्ने अनन्ते मेलाको दोस्रो दिन सुुरक्षाका लागि खटिएका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्द […]
नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलालाई भाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिकाका सव इन्जिनियर गोरख थापा, मेरिस्टोप सेन्टर सस्थामा कार्यरत धनि थापा, राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत बोहरा, केशव गिरी र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरी शंकर जोशी रहेका छन् । उनीहरु […]
नागरिक रैबार/बाजुरा २८ भदौ । बाजुराको बडीमालिका नगरपालिका वडा नं.१ पिनालेखबाट शुक्रबार प्रहरीले नगद सहित पाच जना जुवाडेलाई रङगे हात पक्राउ गरेको छ । प्रहरीले साँझ आठ बजे जुवा खेलिरहेको अवस्थामा पाँच जनालाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले जुवा खेलीरहेको अवस्थामा पिनालेखको शुरेश दानीको होटेलमा जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई […]
नागरिक रैबार/बाजुरा २७ भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुराका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका बाजुरा जिल्लाका सह– सेक्रेटरी दानबहादुर खड्का लाई प्रहरीले शुक्रबार दिउसो बुढीगंगा नगरपालिकाको वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् । प्रहरी निरिक्षक ढुंगानाका अनुसार […]
धनगढी, भदौ १९ । चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । प्रहरी सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। घटनाबारे थप […]
झापा– आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव […]