होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
अपराध

कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • नागरिक रैबार
कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

कैलाली – श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर १ भरुवा बस्ने धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी विक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । साउन २१ गते कुटपिट भएको भएपनि प्रहरी २४ गते मात्रै प्रहरीलाई खवर गरिएको थियो ।

श्रीमानको कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगन्ज पठाइएको थियो । उपचार पछि घर फर्किएकी थापा लाई थप उपचारका लागि धनगढी स्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार साँझ करिब ७ बजे उनको मृत्यु भएकोे प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पर पुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार र भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए । उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छोडिरहेको छ । मृतकका श्रीमानलाई इलाका प्रहरी कार्यालय लम्की को नियन्त्रणमा लिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार